arrow

च्याम्पियन्स लिग सेमीफाईनल: दोस्रो लेगमा म्युनिख बिजयी, एथ्लेटिको फाईनलमा

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
UCL_bayern_athletico.jpg.jpeg
काठमाडौ। स्पेनी क्लब एथ्लेटिको मड्रिड च्यामपियन्स लिगको फाईनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखसँग दोस्रो लेगमा २-१ गोलले पराजित भएर पनि कुल २-२ गोलको स्थितीमा मड्रिड फाईनल प्रवेश गरेको हो। पहिलो लेगमा आफ्नो घरमा बायर्नलाई १-०ले हराएको एथ्लेटिको दोस्रो खेलमा बायर्नको घरमा १ गोल गर्न सफल भएर 'अवे' गोलका कारण फाईनल स्थान पक्का गरेको हो। 
 
बायर्नले दोस्रो लेगमा राम्रो खेलको प्रदर्शन गरेको थियो। खेलको ३१औं मिनेटमा जावी एलोन्सोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए। खेलको ५४औं मिनेटमा एथ्लेटिकोका ग्रिजम्यानले गोल फर्काउँदै खेल १-१ गोलको बराबरीमा पुर्‍याएका थिए। 
 
७४औं मिनेटमा बायर्नका रोबर्ट लेवनोस्कीले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। जुन गोल पछि खेलको नतिजा निर्धारण गर्न पर्याप्त रह्यो। दुवै टोलीले पाएको १-१ पेनाल्टी गुमाएका थिए। 
 
बायर्नका थोमस मुलरले प्रहार गरेको पेनाल्टी एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले बचाएका थिए भने केलको ८४औं मिनेटमा एथ्लेटिकोका फरनान्डो टोरेसले प्रहार गरेको पेनाल्टी जर्मन किपर नेउरले बचाएका थिए। 
 
दुई टोली बिच बायर्नको घरेलु मैदानमा भएको खेलमा बायर्नले धेरै हदसम्म राम्रो खेलेको थियो । बायर्नको हरसंभव प्रयाका बिचमा ठुलो बाधा बनेर बसे एथ्लेटिकोका गोलकिपर जन ओब्लाक। उनले धेरै नै राम्रा बचाउ गरेको कारण बायर्न फाईनल पुग्नबाट रोकिएको थियो। 
 
एथ्लेटिकोले रियाल मड्रिड र म्यानचेस्टर सिटीको बिजेतासँग फाईनल खेल केल्नेछ। दोस्रो सेमीफाईनलको दोस्रो लेगको खेल रियाल र सिटी बिछ हुनेछ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ