arrow

कालिगण्डकीमा बेपत्ता दुई बालक मृत भेटिए

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
kaligandaki.jpg.jpeg

पाल्पा। गत आईतबार कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालक मृत भेटिएका छन् । जिल्लाको रामपुर नगरपालिका १० मलौटे घाटबाट बेपत्ता भएका दुई जना बालक मृत भेटिएका हुन् ।

नदीमा पौडी खेल्न गएका रामपुर १० सिकोडाँडाका १० वर्षिय सुनिल भट्टराई र अर्का १० वर्षिय बालक समीर चापागाई बेपत्ता भएका थिए। बेपत्ता मध्ये सुनिलको बुधबार विहान र समीरको दिउँसो मृत अवस्थामा शव भेटिएको हो।

सुनिलको शव चापाकोट नगरपालिका ७ वनकट्टा स्याङ्जामा फेला परेको थियो। बुधबार नदीले किनारामा हुत्याएर राखेको अवस्थामा माछा मार्न गएका स्थानीयहरुले शव देखेका थिए ।

शव देखिएपछि स्थानियहरुले प्रहरीलाई खबर गरे पछि उनका आफन्तहरु पनि नदि किनारमा पुगेका थिए । उनको शव सडेको अवस्थामा रहेको र आफन्तले हातको औला मार्फत पहिचान गरेको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक केदार पन्तले बताए।

अर्का १० वर्षिय बालक समीरको पनि बुधबार दिउसो नदीमा मृत अवस्थामा शव भेटिएको प्रहरी चौकी हुँगीले जनाएको छ।

आईतबार दिउँसो सुनिल र समीर सहित ५ बालकहरु दिउँसो १ बजे नदीमा पौडी खेल्न गएका थिए। पौडीने क्रममा दुवै जना वेपत्ता भएका हुन् । उनीहरुको शवलाई रामपुर अस्पतालमा ल्याई पोष्ट मार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ