arrow

कपिलस्तुमा किटको अभाव : पालिकाहरु आफ्नै खर्चले भिटिएम किटकिनेर स्बाव संकलन गर्दै

८ पालिकाद्धारा ८ हजार बढी किट किनिदै

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-test-nepalgunj.gif

कपिलस्तु । किटको अभावमा पिसिआर परिक्षणमा ढिलाई भएपछि कपिलस्तुका स्थानीय निकायले आफनै कोषबाट धमाधम भिटिए किट किन्न थालेका छन । सघीय र प्रदेश सरकारसंग पकट पकट किट माग गरिए पनि उपलब्ध नभए पालिकाहरुले किट किन्न थालेका हुन ।

 जिल्लाका ३ पाकिाले किट किनेर स्वाब संकलन सूरु गरको छ भने अन्य ५ पाकिाले किन्ने तयारी गरेका छ । जिल्लाका ८ पालिकाले कुल ८ हजार १८०किट किन्ने भएको हो । कपिलवस्तु नगरपालिका शिवराज नगरपालिकाले एक एक हजारर र यशोधराले ११ सय ८० थान किट किनि सकेका छन । कृष्णगनरले २ हजार, महराजगंज नगरपालिकाले १ हजार २ सय थान, बुद्धभुमी नगरपालिकाले एक हजार , मायादेबीले ३ सय,सुद्धोदनले ५ सय  थान किट किन्ने प्रकृया अघि बढाएको छ । 

जिल्लाका अन्य पालिकाले समेत किट किन्ने तयारी अघि बढाएको छ । क्वारेनटाइनमा बस्नेको संख्या निरन्तर बढीरहको छ । क्वारेन्टाईनमा ७ दिन बिताएका मान्छको पिसिआरकालागि स्वाब संकलन गुर्न पर्ने हुन्छ ।  किनेको किटबाट कपिलवस्तु, शिवराज र यशोधराले बुधवार देखि नै स्बाव संकलन गरेको छ । कपिलवस्तु नगरपालिको बुधवार १ सय २१, शिवरान नगरपालिकाले सय र यशोधराले १ सय ५ जनको स्वाब स.कलन गरी पठाएको छ ।

 जिल्ला स्वाथ्य कार्यालय अनुसार जिल्लामा बुधवार २ सय ९० जनाको स्वाब संकलन गरिएको छ । क्वारेनटाइनमा २ देखि ३ साता बिताएका मान्छेहरुको संख्या बढीरहेको छ । तर किट अभावले स्बाव सकलन हुन नसकेको शिवराज नगरपालिकालका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताए । शिवराज नगरपालिकामा ३ जना संक्रमित भेटिएका छन । तिनिहरुको संपर्कमा आएका ब्यक्तिको पनि किट अभावले स्बाव संकलन हुन सकेको छैन । ‘ केन्द्र र प्रदेश सरकारसंग धेरै पटक किट माग्यौ तर सिमित मात्र पायौ अहिले स्बाव संकलन नै रोकिएपछि आफै किनेर ल्लाएका छौ ’ उनले भने ।

 शिवराज नगरपालिकामा ३ सय ३२ जा क्वारेन्टाईनमा छन । बुधवार नौ जा संक्रमित पुष्टी भएका महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले किट अभावले स्वाव संकलन कार्य रोकिएको बताए । महराजगंज नगरपालिकामा जिल्लाको सबै भन्दा बढी १ हजार ६३० जना क्वारेन्टाईनमा छन । ‘ भारतबाट फर्कका ब्यक्तिलाई क्वारेन्टाईनमा जसोतसो गरी राखेका छौ तर उनीहरुको स्बाव सयममै संलकन नहुदा कोराना फैलने डर भएको छ ’ उनले भने ‘ स्वाब संकलनकालागि किटो अभाव छ । स्वास्थ्यकर्मी पनि छैनन अब कसरी कोरोनो ब्यवस्थापन गर्ने ’ उनले भने । कहीबाट उपलब्ध हुन नसकेपछि नगरपालिकालको आन्तरिक बजेटबाट १२ सय किट किन्न लागेको उनले बताए ।

 किट अभाव हुँदा क्वारेन्टाइनमा बसेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन सकेको छैन । जिल्लाका १० स्थानीय तहले निर्माण गरको १ सय ८८ स्थानका क्वारेन्टाइनमा ७ हजार ५४७ जना रहेका छन् । कपिलवस्तु नगरपालिकामामा नौ सहीत जिल्लामा ५९ संक्रमित भेटिएका छन । जिल्लामा मंगलवार साझ सम्म १ हजार ३४२ जाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ