arrow

एसडी मुनीलाई गगन थापाले दिए मुखभरीको जवाफ

पदीय मर्यादा बिर्सेर गैरजिम्मेवारीपूर्ण ढङ्गले छुद्र बोल्ने प्रधानमन्त्रीको बानीले रक्षात्मक बन्नु परेको थापाको भनाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
gagan-answer-to-sd-muni.gif

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन् ।

भारतमा नेपाल मामिलाका जानकार मानिएका मुनीले नेपालको विभिद विषयमा टिकाटिप्पणी गर्ने गरेका छन्। नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी गरेपछि पनि मुनीले ट्वीट गर्दै नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेसँगै थापाले मुनीलाई जवाफ फर्काएका हुन्। 

मुनीको ट्विटमा जवाफ दिँदै पूर्वमन्त्री समेत रहेका थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढतापूर्वक साथमा रहेको स्पष्ट पारेका छन् ।

मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आएको कोरोना भाइरस कडा र चीनको भाइरस नरम भनेर गरेको टिप्पणीमा भने थापाले प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई अवैज्ञानिक भएको उल्लेख गर्दै आफूहरुपनि सो कुरामा असहमत रहेको बताएका छन् ।

थापाले एक अर्को टवीटमा लेखेका छन, "आफ्नो पदीय मर्यादा बिर्सेर गैरजिम्मेवारीपूर्ण ढङ्गले छुद्र बोल्ने प्रधानमन्त्री केपी ओलीको बानीले कसरी नेपाली पक्षलाई अनावश्यक रक्षात्मक बनाउँदो रहेछ भनेर पनि बुझ्नुहोला।"

सीमाको सन्दर्भमा नेकाको धारणामा थप स्पष्ट हुन चाहनेले भारतीय टेलिभिजन च्यानल रिपब्लिक टीभीमा कांग्रेस नेता मिनेन्द्र रिजालको अन्तर्वार्ता हेर्न आग्रह गरेको ट्वीटमा थापाले प्रधानमन्त्रीको बोलीले कसरी नेपालीहरु अन्य बाहिरी मोर्चामा रक्षात्मक हुँदो रहेछन भनेर लेखेका हुन्।  

प्रधानमन्त्री ओलीले संसदमा आफ्नो मन्तव्य राख्ने क्रममा कोरोना भइरसको बारेमा अवैज्ञानिक टिप्पणी गरेका थिए भने भारतीय प्रतिक चिन्हका बारेमा प्रधानमन्त्रीको हैसियतमा नसुहाउने टिप्पणी गरेका थिए। भारतीयहरुले अहिले सीमाको बिषयमा हुने बहसमा पनि प्रधानमन्त्रीको सो दुई भनाईलाई जोडले उचाल्ने गरेका छन्। जस्ले नेपाली पक्ष केहि मात्रामा भएपनि रक्षात्मक बन्नु परेको टीभी कार्यक्रमहरुमा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ