arrow

अफगान राष्ट्रपतिसँग शान्ति प्रक्रियाबारे छलफल

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
afghan-polities.jpg

काबुल। अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मी खलिलजाद र अफगानिस्तानका राष्ट्रपति असरफ घनीबीच बिहीबार राजधानी काबुलमा भेटवार्ता भएको छ। 

उनीहरुबीच अफगानिस्तानको शान्ति प्रक्रियाको विषयमा कुराकानी भएको बताइएको छ। शान्ति वार्ताका लागि यस अघिदेखि नै पहल सुरु भएकोले अफगानिस्तान र संयुक्तराज्य अमेरिका अब आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको बताइएको छ। अफगानिस्तानको टोलो समाचार संस्थाले अफगान राष्ट्रपतिको विज्ञप्तिलाई उद्धृतगर्दै दिएको समाचारमा अफगानिस्तान र अमेरिकाबीच तालिबानसँगको वार्ताका लागि आगामी दिनमा के कसरी अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो।

संयुक्तराज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच कतारको दोहामा करिब तीन महिना अघि ऐतिहासिक शान्ति सम्झौता’ भएको थियो। तर त्यसको साता दिन पनि नपुग्दै त्यहाँका तालिबानहरुले आक्रमण सुरु गरेपछि शान्ति प्रक्रिया संकटमा पुगेको बताइएको थियो। 

बिहीबारको भेटमा अफगानिस्तानका तालिबानहरुलाई आगामी दिनमा शान्तिवार्ताका लागि तयार गर्न युद्धविराम या हिंसात्मक गतिविधिमा कमी ल्याउने बारेमा तयार पार्ने विषयमा छलफल भएको बताइएको छ। तीन महिना अघि भएको सम्झौतापछि अमेरिका र उसका सहयोगी राष्ट्रहरूद्वारा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) अन्तर्गत अफगानिस्तानमा कार्यरत सम्पूर्ण सैनिकलाई आगामी १४ महिनाभित्र अफगानिस्तानबाट फिर्ता लाने सहमति भएको थियो।

त्यस्तै अफगान विद्रोहीको प्रभाव क्षेत्रमा अलकायदा तथा अन्य अतिवादी इस्लामिक समूहका गतिविधि नियन्त्रणका लागि तालिवानले सरकारलाई सहयोग गर्ने पनि सहमति भएको थियो। तर पनि सो सम्झौतापछि पनि तालिवान समूहको आक्रमण रोकिएको छैन । गएको करिब १८ वर्षदेखि जारी हिंसाको अन्त्यका लागि शान्ति प्रक्रिया अघि बढाउन खोजिए पनि सम्भव हुन सकेको छैन।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ