arrow

कोरोना : ११ प्रदेशसभा सदस्यको रिपोर्ट पोजेटिभ

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
pradesh-5_sava_hall.JPG

काठमाडौं । प्रदेश नं ५  प्रदेशसभाका सदस्यको बिहिबार कोरोना परीक्षण गरिएको छ । आरडिटी विधिबाट प्रदेशसभा सदस्य, सुरक्षाकर्मी र कर्मचारी गरी ३९८ जनाको परीक्षण गरिएकामा ११ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले जानकारी दिए ।

 आरडिटी पोजेटिभ देखिएकाहरुको पिसिआर परीक्षण गरिने बताइएको छ ।

शुक्रबारदेखि प्रदेशसभाको छैटौँ अधिवेशन शुरु हुने भएकाले सुरक्षा सतर्कताका लागि कोरोना परीक्षण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।  

प्रदेशसभाको नियमावलीबमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले शुक्रबार अपराह्न १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ