arrow

अमेरिकामा झन् बढे कोरोना संक्रमित 

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
trump-corona.jpg

काठमाडौं । नियन्त्रणको नजिक पुग्ने बेलामा अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् बढेको छ । 

सधै झैं अगाडि नै रहेको अमेरिकामा पछिल्ला केही दिन थोरै मात्र संक्रमित र मृतक घटेका अवस्थामा २४ घण्टाको अवधिमा अमेरिकामा नयाँ संक्रमित पुरानै अवस्थामा बढेका छन् । 

नयाँ संक्रमित २८ हजारको हाराहारीमा थपिएका छन् । जबकि बुधबार २१ हजार ३५६ जना मात्र थपिएका थिए । 

 कुल १६ लाख २० हजार ५ सय संक्रमित भएका छन् भने ९६ हजार ३०० को ज्यान गएको छ । २४ घण्टामा १ हजार ३५९ जनाको ज्यान गएको छ । 

३ लाख ८२ हजार १६५  जनालाई निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ६६ हजार २९८ जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ८७२ पुगेको छ । बिहीबार २ हजार ४९ जना नयाँ संक्रमित थपिएका छन् । मृतक ११४ जना थपिएका छन् । 

न्यूजर्सीमा १ लाख ५३ हजार ४४१ जना संक्रमित हुँदा १० हजार ८५२ जनाको ज्यान गएको छ । नयाँ संक्रमित १ हजार ३४५ जना र नयाँ मृतक १०५ जना थपिएका छन् । 

बिहीबार सबैभन्दा बढी इलिनोइसमा २ हजार २६८ जना संक्रमित हुँदा न्यूयोर्कमा सबैभन्दा बढी ११४ जनाको ज्यान गएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 

उनले कुनै पनि हालतमा अब लकडाउन खोल्ने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको भूमिकाप्रति फेरि प्रश्न उठाएका छन् । 

आफूलाई प्रमाणित नगरे अब सधैका लागि सम्बन्ध टुट्ने चेतावनीसमेत ट्रम्पले दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ