- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण एकाएक बढेको छ । पछिल्ला दिनमा दैनिक ९० हजारको हाराहारीमा संक्रमित थपिएकामा बुधबारदेखि एकाएक संक्रमित थपिएका छन् ।
बुधबार एक लाख पुगेकामा बिहीबार १ लाख ६ हजार ९० जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ५१ लाख ८९ हजार ५०१ पुगेको छ ।
मृतकको संख्या ३ लाख ३४ हजार ११७ पुगेको छ । २० लाख ७८ हजार ६३१ जनालाई उपचार पछि निको भएको छ ।
सबैभन्दा बढी अमेरिकामा २८ हजार ५७ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमित १६ लाख २० हजार ७८० पुगेका छन् । मृतक ९६ हजार ३३९ पुगेका छन् ।
रुसमा संक्रमित ३ लाख १७ हजार ५५४ जना पुगेका छन् । नयाँ संक्रमित ८ हजार ८४९ पुगेका छन् । मृतक ३ हजार ९९ पुगेका छन् ।
तेस्रो स्थानको ब्राजिलमा संक्रमित ३ लाख १० हजार ८७ पुगेका छन् । नयाँ संक्रमित १६ हजार ७३० जना पुगेका छन् । मृतक २० हजार ४७ पुगेका छन् ।
स्पेनमा बिहीबार ५९३ जनामात्र संक्रमित थपिँदा बेलायतमा २ हजार ६१५ जना संक्रमित थपिएका छन् ।
भारतमा ६ हजार १९८ जना संक्रमित हुँदा इरानमा २ हजार ३९२ जना थपिएका छन् ।
चिलीमा ३ हजार ९६४ जना संक्रमित थपिएका छन् । साउदी अरेबियामा २ हजार ५३२ जना थपिएका छन् । पाकिस्तानमा २ हजार १९३ जना थपिएका छन् ।
बंगलादेशमा १ हजार ७७३ जना थपिएका छन् ।