arrow

कपिलवस्तुमा कोरानाबाट ६९ जना संक्रमित, शुक्रबार थपिए नौ जना 

संक्रमित दुई जना पत्रकार पनि

logo
मणिप्रसाद ग्रह्रे, 
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
covid-test-positive-corona.jpg

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ६९ पुगेको छ । शुक्रबार भाइरसका ९ जना संक्रमित थपिएसंगै संक्रमित ६९ पुगेका हुन् । 

शुक्रबार थपिएकामा कपिलवस्तु बाडगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका गरी ९ जना रहेका हुन् ।  

बाडगंगाका वडा ७ का बर्ष ५३ वर्षका पुरुष, वडा ५ का २७ वर्षका पुरुष, वडा १० का २५ वर्षका पुरुष, वडा ८ का २४ वर्षका पुरुष र वडा ४ की वर्ष ८ की बालिका गरी पाँच जना छन् । 

त्यस्तै कपिलवस्तु नगरपालिका वडा नं ३ बर्ष २९ का पुरुष  १ जना हुन् । त्यस्तै मायादेवी गाउँपालिका वडा ४ का ४५ वर्षीय पुरुष, वडा ५ का ३४ र ३६ वर्षका पुरुष हुन् । 

संक्रमित दुई जना पत्रकार पनि हुन् । दुई पत्रकार २४ र २९ वर्षीय हुन् । संक्रमित पत्रकारमध्ये एक पत्रकार महासंघको कार्यसमितिमा रहेका छन भने अर्का पत्रकार स्थानिय टेलिभिजनमा कार्यरत छन्। 

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ