arrow

कारागारमा रहेका अफताब आलमको घरमा प्रहरीले मध्यरातमा गर्‍यो तोडफोड, १२ राउण्ड गोली प्रहार

सांसद तिमिल्सिना भन्छन राती राती बस्तीमा तोडफोड र गोली हानेर राज्य रातंक मच्चाइयो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
aftab-alam.jpg

रौतहट। हत्याको आरोपमा पूर्पक्षका लागि नक्खु कारागारमा रहेका रौतहटका क्षेत्र नम्बर २ का सांसद मोहमद अफताब आलमको घर राजपुरमा प्रहरीले बिहिवार मध्यरातमा  छापा मार्ने क्रममा तोडफोड र गोली प्रहार समेत गरेको छ।  

कोरोनाका कारण देश नै लकडाउनमा रहेका बेला प्रहरीले मध्यरातमा आफ्नो टोलमा कार्वाही गरेपछि राजपुरका स्थानिय राती आत्तिएका थिए। 

आलमका भाइ मेहताव आलम सो स्थानमा रुहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोली उनीहरुलाई नपाएपछि त्यतिकै फर्कनु परेको छ। मेहतावलाई २०६४को वम काण्डका एक आरोपीको रुपमा प्रहरीले खोजी गरिराखेको छ। 

तर प्रहरी फर्कनु अघी त्यहाँ स्थिति यति खराब भयो की युद्धको जस्तो वातावरण बनेको एक स्थानियले बताए। स्थानियलाई उदृत गर्दै चपुरका राजनीतिक कार्यकर्ता नवराज देवकोटाले प्रहरीले राती राती आएर राजपुरमा युद्धको माहौल बनाएर गएको बताए। 

प्रहरीले मेहताव रहेको सूचनाको आधारमा छापा मार्न र उनलाई नियन्त्रणमा लिन आएको बताएको थियो। तर परिवारका सदस्यहरुले उनी घरमा नभएको पटक पटक जवाफ दिएका थिए। 

प्रहरीले परिवारका सदस्यहरुलाई घरको ढोका खोल्न आग्रह गरेका थिए। तर परिवारका सदस्यहरुले घरमा लोग्ने मानिसहरु कोहि पनि नभएको तथा प्रहरीले खोज्न आएको ब्यक्ति पनि नभएको भन्दै ढोका खोल्न इन्कार गरेका थिए। 

त्यसपछि प्रहरीले जवर्जस्ती ढोका फोडेको थियो। राती आफ्नो टोलमा तोडफोड र होहल्ला सुनेपछि स्थानियहरु जम्मा भएका थिए। मध्यरातमा प्रहरीले घर तोडफोड गरेको देखेपछि स्थानियहरुले प्रहरीको बिरोध गरेका थिए। सो क्रममा प्रहरीले १२ राउण्ड गोली प्रहार गरेको थियो। 
 
प्रहरीले आफताव आलमका भाइ मेहेताब आलम सहितका तीन जना पक्राउ गर्न लामो समयदेखि खोजिरहेको छ। यो पटक मेहताब सहितका ३ जना अफताबको घरमा रहेको सूचना सहित त्यहाँ पुग्दा स्थानीयले अवरोध गरेपछि अभियुक्तहरु भागेको रौटहटको प्रहरी स्रोतले जनाएको छ। 

स्थानियहरु भने प्रहरीको कुरा मान्न तयार छैनन। गलत सूचनाका आधारमा आएको प्रहरीले काम देखाउन राती युद्धको माहौल मात्र बनाएर जनतालाई त्रसित बनाएको स्थानियहरुको बताए। हुँदै नभएको मान्छे फरार भन्ने कुरा गलत भएको उनीहरुले बताए। 

रौतहटका प्रहरी उपरिक्षक रविराज खड्कासँग घटनाको बारेमा बुझ्न खोज्दा उनले फोन उठाएनन्। रौतहटकै सांसद देव तिमिल्सिनाले मध्यरातमा बस्तीमा गएर प्रहरीले घर तोडफोड गर्ने तथा गोली हान्ने कार्य गरेर राज्य आतंक मच्चाएको बताए। 

२७ चैत २०६४ मा राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न रहेको अभियोगमा मेहतावका दाई सांसद अफताब आलमलाई २०७६ असोज २६ मा प्रहरी नियन्त्रणमा रहि पुर्पक्षको लागि नख्खु कारागारमा छन् । 

प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा अफताब सहित १० जना बिरुद्ध जन्मकैदको माग गरि मुद्धा चलाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ