arrow

हुकुमको फर्निचर उद्योगमा आगलागी, लाखौंको क्षति 

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
fire-final.jpeg

सिञ्जा । जुम्लाको हिमा गाउँपालिका–३ मोफ्लास्थित राहदेव फर्निचर उद्योगमा आगलागी भएको छ । शुक्रबार बिहान ३ बजे फर्निचर उद्योगमा जडान गरिएको विद्युत् चुहिएर आगलागी भएको सञ्चालक हुकुम सार्कीले जानकारी दिए । 

आगलागीबाट रु १६ लाख ११ हजार ३०० बराबरको क्षति पुगेको हो । राति आगलागी भएकाले भौतिक क्षति भए पनि मानवीय क्षति भने नभएको कल्पना सार्कीले बताइन् । 

चार वर्षदेखि उक्त उद्योग सञ्चालनमा  थियो । मोफ्लावासीले कुटानी, पिसानी र काठ च्यात्नेदेखि सबै सेवासुविधा मिलबाट लिँदै आएका थिए । 

आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं यन्त्र जलेर नष्ट भएको पीडित सार्कीलाई उद्धृत गर्दै सिञ्जा गाउँपालिका–३ धितालीका पूर्णप्रसाद धितालले जानकारी दिए । ।

आगलागी भएपछि बड्की प्रहरीचौकी तथा स्थानीय बासिन्दाको सहयोगमा करीब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो । 

फर्निचर उद्योगमा रहेका यन्त्र, फर्निचरमा प्रयोग हुने कच्चा पदार्थलगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा रु १६ लाख ११ हजार ३०० बराबरको क्षति भएको हो ।

आगलागीबाट फर्निचरसँगै गोदामघर, फर्निचर निर्माणस्थल, कच्चा पदार्थ राखिएको स्थल, फर्निचरमा प्रयोग हुने काठ, सोफामा प्रयोग हुने कपडा जलेका हुन् । 

बड्की प्रहरी चौकीले क्षतिको मुचुल्का उठाइसकेको धितालले बताए । आर्थिकावस्था कमजोर भएकी सार्कीलाई फर्निचर उद्योगमा आगलागी भएपछि परिवार पाल्न धौधौ हुने भएको छ ।

एकसरो लुगा र आम्दानीको प्रमुख स्रोत रहेको उद्योगमा आगलागी हुँदा अहिले बिजोग भएको छ । फर्निचरमा भएको क्षति हेरी वडा र गाउँपालिकाबाट सहयोगको  आशा गरिएको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ