arrow

नवलपरासी पश्चिममा थप तीन जनामा कोरोना, संक्रमितको संख्या पाँच पुग्यो, कन्ट्रयाक ट्रेसिङ हुँदै 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
covid-test-positive-corona.jpg

नवलपरासी पश्चिम । नवलपरासी पश्चिममा एकैपटक थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान प्राप्त रिपोर्ट अनुसार रामग्रामका दुई महिला र सुस्ताका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रामग्राम ३ घोडपालीकी ३३ वर्षिया महिला र रामग्राम १८ कि १५ वर्षिया महिलामै कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै सुस्ता गाँउपालीका वडा नम्बर ५ का ३५ वर्षिय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  दुई दिन अगाडि मात्रै सुस्ता ५ का एक  २६ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको थियो ।

यससंगै नवलपरासी पश्चिममा संक्रमितको संख्या पाँच पुगेको हो । सुस्तामा २, प्रतापपुरमा १ र रामग्राममा २ जना गरी ५ जनाको संक्रमण पुष्टि भएको छ । 

यस घि संक्रमित सबै भारतबाट आएका थिए भने शुक्रबार भेटिएका तिन जना भारतबाटै आएका हुन वा होइनन् भन्ने बारे अनुसन्धान पछि थाहा हुने जिल्ला स्वास्थ्य कार्यालय  नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिए ।

रामग्राम र सुस्ताबाट केहि दिनअघि स्वाब संकलन गरी परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकामा शुक्रबार बिहान त्यस्को रिपोर्ट आएको हो । 

रामग्रामका ५४ जनाको रिपोर्ट आएको ढकालले बताए । दुई जना बाहेक अन्यको रिपोर्ट भने नेगेटिभ रहेको छ । 

अहिले जिल्ला स्वास्थ्य कार्यालबाट कन्ट्रयाक ट्रेसिङका लागि स्वास्थ्यकर्मी सहितको टोली त्यस स्थान तर्फ गइरहेको छ । 

संक्रमित भेटिएको क्षेत्रमा गएर स्वास्थ्यकर्मीको टोलीले थप अनुसन्धान गर्ने जन स्वास्थ्य कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ