- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण बढ्दो छ । १६ लाख २० हजार ९०२ जना संक्रमित भइसकेका छन् । ज्यान गुमाउनेको संख्या ९६ हजार ३५४ पुगिसकेको छ ।
तर लकडाउन खुकुलो पारी अमेरिकामा जनजीवन सहज पार्न खोजिएको छ । त्यसले नै कोरोनाको संक्रमण बढेको दावी पनि गरिन्छ ।
यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गम्भीर नभएको भनी आरोप लगाउनेहरु धेरै छन् ।
ट्रम्पले आफूलाई कोरोना नभएको बताएका छन् ।
यसैबीच सबैभन्दा बढी प्रभावित सहर न्यूयोर्कमा एक मानिसले कुकुरहरुलाई सडकमा लिएर हिँडेको तस्वीरमा देखिन्छ । उनले मास्क लगाएका छन् ।
तर यसरी सडकमा निस्कँदा खतरा उत्तिकै भए पनि उनले धेरै संख्यामा कुकु
रहरुलाई डोहोर्याएर हिँडिरहेका छन् ।
कोरोनाले गर्दा मानिस मानिसबीच भौतिक रुपले सामाजिक दूरी बढिरहँदा कतै पाल्तु जनावरमा मन बढेको त हैन ?