arrow

कोरोनाबाट हालसम्म गौरादह नगर सुरक्षित

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
Gauradhaha_Nagarpalika.png

झापा । झापामा ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । तर गौरादह नगरपालिका भने अझै सुरक्षित छ । 

गौरादह नगरपालिकाले वडा नं ७ को ग्वालडुब्बामा २० वटा बेडको क्वारेन्टाइन स्थापना गरेको जानकारी दिएको छ । 

नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका ९७ जनासहित जम्मा ११ सय जनाको स्वास्थ्य जाँच गरिएको र सबैको अवस्था सामान्य रहेको गौरादह नगर स्वास्थ्य शाखा सह संयोजक गोविन्द श्रेष्ठले जानकारी दिएका छ्न् । 

अहिले गौरादह नगरपालिकाको क्वारेन्टाइनमा वडा नं। ५ का ३१ वर्षीय १ जना पुरुष मात्र रहेको श्रेष्ठले जानकारी दिएका छन् ।

यो तथ्यांक अनुसार हालसम्मको स्थितिमा गौरादह नगरपालिका कोरोना संक्रमणबाट सुरक्षित रहेको देखिन्छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चैत ११ गतेदेखि लकडाउन गरेपछि नगरपालिकाले ५ स्थानमा फिभर क्लिनिक स्थापना गरी स्वास्थ्य सेवा दिइरहेको जानकारी गराउँदै वृद्ध वृद्धा, गर्भवती महिला, बालबालिका, कार्यालयमा कार्यरत कर्मचारी, गाडीमा यात्रा गर्ने यात्री, सिनेमा हल, विद्यालय, सैलुन ब्युटीपार्लर,स्वास्थ्यकर्मी, संचारकर्मी लगायतका अन्य व्यक्ति तुलनात्मक रुपमा बढी जोखिम रहेको सह संयोजक श्रेष्ठले बताए ।

गौरादह न पा वडा न ७ मा रहेको स्वास्थ्य चौकीमा २० सैयाको क्वारेन्टाइन रहेता पनि पछिल्लो समय बिदेस बाट आउने नेपालिको सम्भाबित संख्यालाइ मध्यनजर गर्दै आवस्यक परेको खन्डमा गौरादह ७ मा रहेको प्रगती माबिमा क्वारेन्टाइनको ब्यबस्था गरिने नगरपालिकाले जानकरी गराएको छ ।

कोरोना संक्रमणबाट सुरक्षित रहन गौरादह नगरपालिकाले निरन्तर रुपमा सुरक्षाकर्मी स्वास्थ्यकर्मी सन्चारकर्मी लगायत नागरिक सरोकारवाला हरु सग औपचारिक तथा अनौपचारिक रुपमा सुझाब सल्लाह र आवस्यक परामर्श लिँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ