arrow

मोरङको लेटाङ नगरपालिका पनि सिल

logo
विवेक मिश्र,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
map_morang_hamrakura.jpg.jpeg

बेलबारी। छिमेकी जिल्ला र स्थानीय तहहरुमा कोरोना (कोभिड–१९) भाइरस संक्रमण हुनेको संख्या बढिरहेको अवस्थामा मोरङको लेटाङ नगरपालिकाले नगर क्षेत्र सिल गर्ने भएको छ ।

छिमेकी जिल्ला, पालिका र मोरङकै पनि केही संक्रमित पुष्टि भएपछि संक्रमण विस्तारको जोखिम भएको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।

जेठ ९ गते राति १२ बजेदेखि १२ गते सोमबार मध्यरातिसम्म नगर क्षेत्र सिल गर्ने निर्णय भएको नगर प्रमुख शंकर राईले बताए । उक्त अवधिमा नगरका सबै नाकाहरु सिल गरी आउजाउमा प्रतिबन्ध लगाइने छ । नगरभित्रका औषधि पसल, एम्बुलेन्स सेवा, अत्यावश्यक सेवाबाहेक अरु सञ्चालन गर्न रोक लगाइने नगरपालिकाले जनाएको छ ।

उद्योग, व्यापार, व्यवसाय, ढुवानी साधन, मासु पसल, होटल, तरकारी पसलजस्ता सबै खाले व्यवसायमा पूर्ण रुपमा बन्द गरिने भएको छ । बिहीबार बसेको नगर कार्यपालिकाको बैठकले उक्त अवधिमा नगर क्षेत्रभित्र हिँडडुल गर्नसमेत रोक लगाउने निर्णय गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ