arrow

बाहिरबाट नागरिक आउने क्रम बढेसँगै हटियामा क्वारेन्टाइन निर्माण

logo
थम्मन थापा,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
Baglung_Nagarpalika.png

बागलुङ। गलकोट नगरपालिका वडा नं ३ हटियामा १५ शैयाको क्वारेन्टाइन निर्माण गरिएको छ । विश्व व्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण वडा भित्र फैलिन नदिन क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वीरगंज भण्डारीले जानकारी दिए ।

देश तथा विदेशमा रहेका वडा भित्रका नागरिक र बाहिर बाट वडामा आउने नागरिकहरु लाई लक्षित गरी गलकोट बहुमुखी क्याम्पसमा क्वारेन्टाइन निर्माण गरिएको वडा अध्यक्ष भण्डारीले बताए । गलकोट नगरपालिकाको प्रत्येक वडामा क्वारेन्टाइन निर्माण गर्ने निर्णय अनुरुप यो कार्य अगाडि बढाइएको वडा सदस्य झहर बहादुर खत्रीले जानकारी दिए ।

बाहिरबाट वडामा आउने नागरिकहरुलाई सुरक्षित रूपमा राखी वडा भित्र कोरोना भाइरसको संक्रमण फैलिन नदिन यो कार्यले सहजता प्रदान गर्ने बागलुङ उद्योग वाणिज्य संघ गलकोट इकाइका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

क्वारेन्टाइनमा त्यहाँ राखिने नागरिकको लागि आवश्यक पर्ने सामग्रीहरू समेत उपलब्ध गराइएको छ । उनीहरूलाई  सबै व्यवस्थापन वडाले गर्ने बताइएको छ । समय समयमा उनीहरूको स्वास्थ्य जाँच समेत गरिने वडाले जनाएको छ । क्वारेन्टाइन निर्माण भए सँगै वडा भित्र देश तथा विदेश बाट आउने नागरिकहरुलाई व्यवस्थापन गर्न सहज भएको छ ।

बाहिरबाट आउँदा कोरोना भाइरसको संक्रमणको जोखिम पनि समुदायमा बढन सक्ने सम्भावना लाई मध्यनजर गर्दै यो कार्य गरिएको बताइएको छ । पछिल्लो समय गलकोट नगरपालिकामा छिमेकी राष्ट्र भारत सँगै विभिन्न सहरहरूबाट नागरिकहरु भित्रिने क्रम पनि विस्तारै बढ्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ