arrow

सदस्यहरुको कोरोना विमा गराउँदै छायाँनाथ सहकारी

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
Chhayanath-cooperative-mugu.jpg

मुगु। निर्जिवन विमा कम्पनी शिखर ईन्स्यूरेन्स कम्पनी लिमिटेडले मुगु जिल्लामा कोरोना  विमा गर्न शुरु गरेको छ ।

शिखरले कोरोना भाईरस लागेपछि उपचारका लागी खर्चको समस्या नहोस् भनेर शुरु गरेको विमाबाट जिल्ला मै पहिलो छायाँनाथ साकोेसले आफना सदस्यहरुको कोरोना विमा गर्न शुरु गरेको हो ।

पहिलो चरणमा सहकारी फिल्डमा खटिने ५२ जना कर्मचारी,संचालन समिती र उपसमितीका पदाधीकारीहरुको विमा गरेर सहकारीले कोरोना विमा गर्न शुरु गरेको छ ।

सुरक्षाका उपाय अपनाउदा अपनाउदै गाँउ गाँउमा खटिने कर्मचारीहरुमा कहि कतै कोरोना संक्रमण भैहाले उपचारका लागी सहकारी र स्वमं कर्मचारीले व्यभार व्यहोर्न नपारोस र कर्मचारीहरु सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भनेर सहकारीले कर्मचारीहरुको कोरोना विमा गरि दिएको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।

छायाँनाथ सहकारीले कर्मचारी,संचालन समिती र उपसमितीका पदाधिकारीहरुको मात्र नभएर आफना ८ हजार सदस्यहरुको कोरोना विमा गराउने भएको छ ,संस्थाका कोषाध्यक्ष हरि बहादुर शाही यती धेरै सदस्यहरुको एकै पटक कोरोना विमा गराउने भएकाले विमा कम्पनीसंग केहि सहुलियतका कुरो भैरहेका छन्। यदि कम्पनी सहमत भएमा प्रति सदस्यको विमामा ५० प्रतिशत सहकारी र ५० प्रतिशत सदस्यले व्यहोर्ने गरि सदस्यहरुको कोरोना विमा गर्न शुरु गर्ने छौ ।

सदस्य बाँचे पो सहकारी, सदस्य नै नरहे कस्को लागी सहकारी, त्यसैले यो माहामारीको बेला सदस्यमुखि सेवामा जोड दिएका छौ, सदस्यलाई राहतका सहयोग पुगोस भनेर जिल्लामा रहेका सबै स्थानिय सरकारहरुलाई प्रति पालिका ५० हजारका दरले आर्थिक सहयोग गरेका छौ,यो बेला समस्यामा परेका सदस्यलाई राहत दिन सहकारीमा समस्यामा परेका सदस्यलाई सम्पर्क गर्न भनेका गरेका छौ,सिमित कर्जा,भुक्तानी दिन शुरु गरेका छौ सहकारीले बताएको छ ।

जिल्ला रहेका ३०० बढि विभिन्न विषयगत सहकारी मध्य आफना सदस्यहरुको  कोरोना विमा गर्ने पहिलो वित्तिय सस्था छायाँनाथ बचल तथा ऋण सहकारी सस्था भएको शिखर ईन्स्युरेन्स मुगु शाखाले जनाएको छ ।

सहकारीले कोरोना विमा गर्ने भएपछि सहकारीका सदस्यहरु खुशि भएका छन । सहकारीका सदस्य प्यातु बुढा यो रोग लागेमा मरिने भयो खर्च पर्च कसरी जुटाउने होला सोचेका थियौ तर सहकारीले सबै सदस्यहरुको कोरोना विमा गर्ने निर्णय गरेकोमा खुशी भएका छौ ।

सहकारीका लेखा समितीका संयोजक विनाद कुमार मल्ल छायाँनाथ मात्र नभएर जिल्लामा रहेका अन्य वित्तिय तथा अन्य संघ सस्थाहरुले यो महामारीको जोखिम बाँडफाँड गर्न आफना कर्मचारी,सदस्यहरुको विमा गर्ने निर्णय गरेको उनले बताए।

ईन्स्यूरेन्सका मार्केटिङ्ग म्यानेरजर लोकेन्द्र बहादुर भण्डारी सस्थागत रुपमा सदस्यहरुको कोरोना विमा गर्ने छायाँनाथ साकोस जिल्ला कै पहिलो भएको छ र हालसम्म पारिवारिक रुपमा कोरोना विमा गर्नेहरु ६० जना पुगेका बताउनु हुन्छ ।

१ लाख बराबरको सस्थागत,पारिवारिक कोरोना विमामा गर्दा प्रति सदस्य ६०० र ५० हजार बराबरको गर्दा ३०० विमाशुल्क लाग्ने र त्यही विमा व्यक्तिगत गर्दा क्रमश १००० र ५०० लाग्ने, विमा अवधी एक बर्ष हुने र विमा दावी पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको हुनु पर्नेछ ।

यस्तै पहिलो चाटी पिसिआर परिक्षणबाट कोराना पुष्टि भएको मितीले ७ दिन भित्र दोस्रो परिक्षणमा पनि कोरोना संक्रमण भएको हुनुपर्ने र दोस्रो पटक समेत कोरोना पुष्टि भएमा १५ दिन भित्र विमाअंक रकम भुक्तानीका लागी दावी गर्न सक्ने र एक चोटी विमा गरेको व्यक्तिको १ बर्ष भएकाले १ बर्ष पछि कि विमा नविकरण गर्नु पर्नेछ नत्र विमा अवधी सकिने छ र त्यसछि विमा दावी गर्न पाईने छैन कम्पनीले बताएको छ ।

जन्मेको ३ महिना देखि ९९ बर्षसम्मका व्यक्तिहरुको कोरोना विमा गरिने पनि मार्केटिङ्ग म्यानेजर भण्डारीले बताउन भयो । यसरी विमा गरेका व्यक्तिहरु स्वदेश मै बसेको हुनु पर्ने यदि विमा गरेर विचैमा विदेशमा गएको भए विमा अवधी मै नेपाल फर्किएमा नेपाल आएको १५ दिन पछि विमा लागु हुनेछ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ