कोरोनाका कारण कुवेतमै गयो किर्तिपुरका विकास महर्जनको ज्यान
राज मल्ल,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
806
Shares
कुवेत। कुवेतमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु भएको छ। काठमाडौँ जिल्ला किर्तिपुर पाँगाका ३८ बर्षिय विकास महर्जनको कोरोना संक्रमणका कारण निधन भएको हो।
महर्जन कुवेतमा कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली रहेको कुवेतस्थित नेपाली राजदूतावास श्रोतले जानकारी दिएको छ।
गत शनिबार १६ तारिखका दिन निधन भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए। दूतावासका अनुसार मृतकका परिवारलाई जानकारी गराई कुवेतमै अन्तिम दाससंस्कार गरिने भएको छ।