arrow

तीन जनामा कोराना संक्रमण देखिएसँगै स्वास्थ्यकर्मी र स्वयंसेवकलाई समेत क्वारेन्टाइनमा, अरुको खोजी

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
corona-test-nepalgunj.gif

कैलाली । जिल्लामा तीन कोराना संक्रमित देखिएसँगै उनीहरुसँग सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको छ । जिल्लाको जानकी गाउँपालिकाको सरस्वती माविको क्वारेन्टाइनमा रहेका १९, २३ र २६ वर्षीय युवकमा कोरो संक्रमण पुष्टि भएसँगै उनीहरुसँग सम्पर्कमा आएकाहरुको खोजी शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बताए । 

‘हामीले इलाका प्रहरी कार्यालय टीकापुरसँग समन्वय गरी सम्पर्कमा आएकाहरुको खोजी शुरु गरेका छौंँ ’, चौधरीले भने । गाउँपालिका वडा नम्बर ४ र ७ का उनीहरु भारतको महाराष्ट्र, नेपालगञ्ज र इटहरीबाट आएको बताइएको छ । भारतबाट आएका संक्रमित यही जेठ १ गते कैलालीको सत्ती भन्सार नाका हुँदै जानकी गाउँपालिका पुगेका थिए । 

त्यस्तै इटहरीबाट आएका युवक गत वैशाख ३० गते र नेपालगञ्जबाट आएका युवक जेठ ३ गते गाउँपालिका पुगेको जानकी गाउँपालिकाका स्वास्थ्य संयोजक चौधरीले जानकारी दिए । 

संक्रमितलाई क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी शुरु गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमुख मनोहरप्रुसाद भट्टले जानकारी दिए । टीकापुर नगरपालिकासँग प्रत्यक्ष सीमा जोडिएको हुँदा टीकापुर नरगपालिकामा पूर्ण सतर्कता अपनाइएको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले छिमेकी पालिकामा संक्रमण देखिँदा नगरपालिकामा उच्च जोखिम रहेको बताउँदै आवागमनलाई पूर्णरुपमा निषेध गर्ने विषयमा छलफल गरिने जानकारी दिए ।  

संक्रमित टीकापुर अस्पताल लगिने
लम्की –सुदूरपश्चिममा पाँच जना कोरोना भाइरस संक्रमित निको भएको दुई सातापछि शुक्रबार भेटिएका कोरोना संक्रमित बाँके, इटहरी र भारतबाट आएर जानकी गाउँपालिकाको स्थानीय सरस्वती माविको क्वारेन्टाइनमा बसेको र पिसिआर परीक्षण गर्दा पोजिटिभ देखिएको गाउँपालिकाका अध्यक्ष प्रदीप चौधरीले जानकारी दिए । 

गाउँपालिकाले १६ जनाको पिसिआर परीक्षण गर्न धनगढी पठाएको थियो  संक्रमितलाई उपचारका लागि टीकापुर अस्पतालको आइसोलेसन कक्षमा ल्याउन लागिएको टीकापुर अस्पतालका अध्यक्ष दीपक रावलले जानकारी दिए । जानकीमा कोरोना संक्रमण देखिएपछि कैलालीमा त्रास बढेको छ । यसअघि सुदूरपश्चिममा पाँच जनालाई कोरोना संक्रमण देखिएको थियो । उनीहरु पांचै जना उपचारपछि घर फर्किएका थिए । संक्रमित निको भएको दुई सातापछि थप संक्रमित फेला परेपछि यहाँ त्रास बढेको हो ।  

गाउँपालिकाको क्वारेन्टाइनमा ४५ जना बसिरहेका छन् । तीमध्ये तीन जनामा कोरोना देखिएपछि क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी र स्वयंसेवकलाई समेत क्वारेन्टाइनमा राखिएको छ । ‘‘क्वारेन्टाइनमा खटेका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्वयंसेवकलाई क्वारेन्टाइनमा राख्ने तयारी भएको छ’’, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चौधरीले भने, ‘‘म पनि क्वारेन्टाइनमा बस्न थालेको छु ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ