arrow

राहत बोकेर डेरावालका घर घरमा

logo
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
rahat-bhaktpur-congress.gif

भक्तपुर। एक प्याकेट राहत बाँडे पनि राहत बाँडेको फोटो सामाजिक सञ्जालहरुमा प्रचार गर्ने चलन बढ्दो छ। तर यसको ठिक उल्टो काम भक्तपुर मध्यपुर ठिमी नगरपालिकाका कांग्रेसका नेताहरूले गरेका छन् ।

मध्यपुर ठिमी कांग्रेसका नेताहरु आफै राहतका सामाग्री बोकेर घर घर र डेरा डेरामा जाने गरेका छन् । राहत लिने व्यक्तिले राहत पाउन कही नगई नेतालाई फोन गरे पुग्छ । यहाँका नेताहरू आफै राहतका सामग्रीहरु बोकेर डेरावालाको घरमै पुग्दै आएका छन् । यो अभियान लकडाउन घोषण भए यता सुरु भएको हो र बिहीबारसम्म जारी छ । 

कोठमा बस्ने डेरावाललाई यस अभियानले ठूलो मद्धत पुर्‍याएको छ । यसैगरी दैनिक ज्यालादारी गर्ने मदजुरहरु पनि यस अभियानबाट लाभान्वित भएका छन् । कोरोना सन्त्रासका कारण गरिएको लकडाउनले दैनिक जीवनमा ठूलो कठिनाई उत्पन्न भए पछि आफैले काँधमा बोकर दरदैलोमै राहत पुर्‍याइरहेका छन स्थानिय कांग्रेसका नेताहरु ।

स्थानीयको घरदैलोमा घरघरमा राहत पुर्‍याँउदा भिडभाड नहुने र  लकडाउनको पनि पालना हुन्छ। यसैगरी डेरावालाको घरमै राहत बाँड्दा लाइन लागेर बस्नु पनि पर्दैन । राहत लिनेहरुको फोटो खिच्न निषेध गरिएको छ । राहत पाउनेहरूको फोटो फेसबुक लगायत सामाजिक संजालमा राख्न रोकिएको छ ।

‘हामीले जस जसलाई राहत दिएका छौ । उहाँहरुको विवरण गोप्य राखेका छौ । हामीसँग मात्र विवरण छ । फोटो खिच्न निषेध गरेका छौ । फेसबुकमा राख्ने गरेका छैनौ’ यस अभियानको अगुवाइ गरिरहेका मध्यपुर कांग्रेसका नेता अष्ट कवेले भने, ‘ लक डाउनमा डेरावाला तथा मजदुरहरु भोकभोकै मर्ने स्थिति आए पछि यो स्थिति अन्त्य गर्न कोही न कोही अघि सर्नु पर्छ भनी हामीले यो अभियान सुरु गरेका हौ’ ।  

मध्यपुर ठिमी नगरपालिका वडाका वडाध्यक्ष तथा सदस्यहरुबाट आवश्यकताका आधारमा नाम संकलन गरिएको र सोही अनसार घरदैलोमा राहत पुर्‍याएको स्थानीय कांग्रेसका नेताहरुको भनाइ छ ।

यस अभियानमा कवे, मध्यपुर ठिमी नगरपालिकाका उपाध्यक्ष अञ्जना मधिकर्मी, कांग्रेस नेता सन्तोष भट्टराई तथा मध्यपुर ठिमी नगरपालिकामा कांग्रेस विजयी भएका वडा अध्यक्ष  प्रेम कुटु, राम थापा, विजय खड्का लगायतका नेताहरु सहभागी छन् । 

यसअभियान अन्तर्गत हालसम्म १५ लाख रुपैयाँ बराबरका  राहत बितरण गरिएको छ । हालसम्म मध्यपुर नगरपालिकाका ४ वडाका ३ सय ५ परिवारलाई, ५ वडाका २ सय ५२ परिवारलाई ६ वडाका ७ सय परिवारलाई र ७ वडाका  ७ सय परिवारलाई चामल, दाल, आलु, नुन, तेल लगायतको खाद्यान्न बिरतण गरिसकिएको मध्यपुर ठिमीका कांग्रेसका नेताहरुले जनाएका छन् । मध्यपुर ठिमीका  सबै वडाहरुमा राहत बाँडिएको स्थानीय कांग्रेसका नेताहरुको भनाइ छ ।

नेता जनताका शासक होइनन सेवक हुन भन्ने सन्देश दिन आफूहरु काँधमा राहतको पोको बोकेर घरदैलोमा पुगेको नेता कवे बताउँछन् । लकडाउनको बेला आफूहरुले कहिबाट राहत नपाएको, भोकभोकै बस्नु पर्ने स्थिति आएको गुनासो आउन थाले पछि मध्यपुर ठिमी कांग्रेसले यो अभियान शुरु गरेको हो। यस अभियानमा वडाका जनप्रतिनिधिहरू, कार्यपालिका सदस्य तथा पार्टीका विभिन्न तह र तप्कामा पार्टीका नेता तथा कार्यकर्ताहरु छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ