चीनको सैनिक बजेटमा ६.६ प्रतिशत वृद्धि

एएफपी, प्रकाशित मिति : २०७७ जेठ ९ शुक्रबार
तस्बिर : फाइल

बेइजिङ। चीनले सन् २०२० मा सैन्य बजेटमा ६.६ प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। राष्ट्रिय पिपुल्स कङ्ग्रेसमा प्रस्तुत यो बजेट वृद्धिदर विगतको तुलनामा केही कम हो। संयुक्तराज्य अमेरिकापछि दोस्रो बढी सैन्य बजेट रहेको चीनले यस वर्षका लागि १ खर्ब ७८ अर्ब अमेरिकी डलर बजेट व्यवस्था गरेको छ।

चीनले केही वर्षदेखि सैन्य खर्चमा कटौती गर्दै आएको छ। गत वर्ष चीनको सैन्य बजेटमा ७.५ प्रतिशत वृद्धि गरिएको थियो।

नयाँ