arrow

कपिलवस्तुमा कोरोनाबाट ७७ संक्रमित, शनिबार पत्रकार र वडाध्यक्षसहित आठ थपिए

logo
मणिप्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ १० शनिबार
covid-test-positive-corona.jpg

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या ७७ पुगेको छ । थपिनेहरुमा बाडगंगा  नगरपालिका ८ का वर्ष २५ का पुरुष , वार्ड ३ का वर्ष १९ का पुरुष१ , वार्ड ११ का वर्ष ४२ का पुरुष, वार्ड ५ का वर्ष ४० का पुरुष, वार्ड १० का वर्ष ३५ का पुरुष र वार्ड ६ का वर्ष २७ की एक जना महिला हुन् । 

त्यस्तै बुद्धभूमि नगरपालिका वार्ड ४ की वर्ष १७ की युवती र वर्ष २२ का युवक पनि संक्रमित भएका छन् । 

थपिएकाहरुमा एक जना पत्रकार र एक जना वडाध्यक्ष  पनि परेका छन् । जनप्रतिनिधिलाई समेत कोरोना भएसंगै उनको सम्पर्कमा सबै आशंकाको घेरामा परेका छन् । 

उनीहरुको ट्रेसिङको काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै कपिलवस्तुमा संक्रमित हुने पत्रकारको संख्या तीन पुगेको छ । शनिबार संक्रमित हुने २७ वर्षीया महिला पत्रकार हुन् । उनी स्थानीय संचारमाध्यममा काम गर्छिन् । 

संक्रमित पत्रकारमध्ये एक पत्रकार महासंघको कार्यसमितिमा रहेका छन् भने अर्का पत्रकार स्थानिय टेलिभिजनमा कार्यरत छन्। 

यसअघि शुक्रबार कोरोना भाइरसका ९ जना संक्रमित थपिएका थिए । 

शुक्रबार थपिएकामा कपिलवस्तु बाडगंगा नगरपालिका र मायादेवी गाउँपालिका निवासी २४ देखि ५३ वर्षीय पुरुषहरु र ८ वर्षीया बालिका गरी ९ जना रहेका हुन् ।  

बाडगंगाका वडा ७ का बर्ष ५३ वर्षका पुरुष, वडा ५ का २७ वर्षका पुरुष, वडा १० का २५ वर्षका पुरुष, वडा ८ का २४ वर्षका पुरुष र वडा ४ की वर्ष ८ की बालिका गरी पाँच जना छन् । 

त्यस्तै कपिलवस्तु नगरपालिका वडा नं ३ बर्ष २९ का पुरुष  १ जना हुन् । त्यस्तै मायादेवी गाउँपालिका वडा ४ का ४५ वर्षीय पुरुष, वडा ५ का ३४ र ३६ वर्षका पुरुष हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ