arrow

वार्ताबाट नभाग्न सिरियालाई अमेरिकी चेतावनी

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
ghon-kerry.jpg.jpeg
बर्लिन । अमेरिकी विदेशमन्त्री जोन केरीले सिरियाली राष्ट्रपति बसर अल असदलाई कुनै पनि हालतमा शान्तिवार्ताबाट नभाग्न चेतावानी दिएका छन् । केरीले बर्लिनमा भने– वार्ताका लागि परिस्थिति बनेको छ, पछिल्लो समयमा विकसित युद्धविरामको अवस्थामा नै वार्ताका लागि पहल भएन भने यसको परिणाम पनि नराम्रो हुनसक्छ । 
 
पछिल्लो समयमा सिरियामा युद्धबिराम जारी रहेको भनिएको भए पनि अलेपोमा भने भिडन्त भइरहेको छ । सो भिडन्तमा परी कैयौं नागरिकले ज्यान गुमाएका छन् । सिरियाका बारेमा हुन लागेको भनिएको वार्ताको अगुवाई अमेरिका र रसियाले नै गरेका छन् । तर सिरियाली विपक्षीहरूले सिरियाली राष्ट्रपति बसर अल असद नहट्दासम्म कुनै वार्ता हुन नसक्ने अडान लिएपछि यो वार्ता अघि बढ्न सकेको छैन । 
 
गत अप्रिल २२ देखि सिरियाली अलेपो सहरमा सुरु भएको सो हिंसामा परी कम्तीमा पनि २७० जनाको ज्यान गएको छ । सिरियाका अरु भागमा भने युद्धविरामको अवस्थामा हिंसा भएको छैन । अमेरिकी विदेशमन्त्री केरी बर्लिन पुगेका छन् । उनले यहाँ सिरियाली विदेशमन्त्री, सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि र सिरियाली विपक्षीहरुका नेतालाई भेट्ने कार्यक्रम रहेको छ । 
 
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको मागगर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ । सो समयदेखि हालसम्म जारी हिंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजार भन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 
 
यस द्वन्द्वमा ७९ हजार भन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् । सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसंघ र अमेरिकाले गरिरहेका छन् । युद्धविरामको पालना भइरहेको भनिएका बेला पछिल्लो समयमा अलेपो सहरमा हिंसा भड्किएकोले सिरियामा वार्ताको विकल्पमा पनि अभिव्यक्तिहरु आउन थालेका छन् । 
 
विश्व समुदायले सिरियमा पुनः हिंसा भड्किई युद्धविराम उल्लङ्घनको अवस्था आउने हो कि भन्ने विषयमा चिन्ता व्यक्त गरिरहेका बताइएको छ । यस वार्ताको अगुवाई अमेरिका र रसियाले गरेका थिए । त्यसैले विदेशमन्त्री केरी पनि वार्ताको वातावरणका लागि बर्लिन पुग्नुभएको अनुमान गरिएको छ । उनले भने– यस पटक पनि सिरियाले वार्ताको अवसर गुमायो भने उसका लागि ठूलो दुर्भाग्य हुनेछ, त्यसैले वार्ताको विकल्प छैन । एपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ