arrow

शनिवार ४ वजेसम्म ६८ कोरोना संक्रमित थपिए, पुग्यो ५८४

बाँके नरैनापुर गाउँपालिकाका थप २७ जनामा संक्रमण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १० शनिबार
corona-nepal-health.jpg

काठमाडौं । शनिबार अपरान्ह ४ वजेसम्म थप ६८ जनामा कोरोनाभाइरस संक्रमण देखिएसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४  पुगेको छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए। यसअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको थियो । 

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका एक एक जना रहेका छन् । 

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिवार भएको परिक्षणमा बाँके नरैनापुर गाउँपालिकाका थप २७ जनामा संक्रमण भेटिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका १७ देखि ३२ बर्ष उमेरका ६ जना पुरुष रहेका छन् ।  

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको छ। उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् । 

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए । 

शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् । 

हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ