arrow

बाँकेभर कोरोना संक्रमित १४२ भेटिदा नरैनापुरमा मात्रै १ सय १४

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १० शनिबार
narainapur-crowd-korona.gif

नेपालगञ्ज । बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी शनिवार मात्रै २७ जनामा कोरोना देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै नरैनापुरमा मात्रै संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

बाँकेमा कुल संक्रमित १ सय ४२ पुगेका छन् । हालसम्म नरैनापुर, नेपालगञ्ज, खजुरा र राप्तीसोनारीमा संक्रमित देखिएका छन् । यी मध्ये नरैनापुर ५ का एकजनाको मृत्यु भएको छ भने नेपालगञ्जका २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै आजै बर्दिया बढैयाताल ७ का १ जना, सुर्खेतमा ३ जना, बैतडीका ४ जना र झापाका १ जनामा कोरोना देखिएको छ ।

देशभर संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । तीन जनाको मृत्यु हुँदा ७० जना निको भएर घर फर्केका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ