arrow

नरैनापुरमा भयावह स्थिति बन्ने सक्ने आँकलन पछि गाउँपालिकाले गुहार्‍यो सरकार

उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह

logo
सौरभ गिरी,
प्रकाशित २०७७ जेठ १० शनिबार
narainapur-crowd-korona.gif

बाँके। बाँकेको नरैनापुर गाउँपालिकाले कोभिड १९ का कारण गाउँपालिकामा भयाबह स्थिति हुन सक्ने भन्दै तत्काल उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न सरकारलाई आग्रह गरेको छ।

गाउँपालिकाले क्वारेन्टाइनबाट समुदाय स्तरसम्म संक्रमण फैलिने र स्थिति भयाबह हुने सम्भावना देखिएको भन्दै स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन बाँके प्रशासन मार्फत् नेपाल सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षा समिति र कोभिड १९ संक्रमण नियन्त्रण तथा व्यवस्थापन समिति बाँकेको ध्यानाकर्षण गराउँदै आग्रह गरेको हो ।

स्थिति नियन्त्रण भन्दा बाहिर जाने अवस्था देखिएकाले उच्चस्तरीय चिकित्सक टोलीसहित थप सुरक्षाकर्मी परिचालन गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए।

संक्रमित र उनीहरुका परिवारलाई केही व्यक्तिहरुले उक्साउने र कोरोना भाइरसबारे भ्रम सिर्जना गरी स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई असहयोग गर्ने, मनोबल कमजोर पार्ने र संक्रमित भगाउने जस्ता क्रियाकलाप गरिरहेकाले संक्रमण समुदायस्तरमै फैलिन सक्ने गाउँपालिकाको ठहर छ।

प्रदेश ५ को पिछडिएको क्षेत्र नरैनापुर गाउँपालिकामा शिक्षा र चेतनाको कमीका कारण कोभिड १९ प्रतिको धारणा र अन्धविश्वासले पनि समस्या निम्त्याएको प्रमुख प्रशासकीय अधिकृत खरालले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।

भारतका कोरोना अति प्रभावित क्षेत्रहरुबाट अझै हजारौं मानिस आउन सक्ने भएकाले जोखिम झन् बढ्न सक्ने गाउँपालिकाको ठहर छ । नरैनापुरमा हालसम्म १ सय १४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एक जनाले कोभिडकै कारण ज्यान गुमाएको अवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ