arrow

उत्तराखण्डको जंगल खोला हुँदै नेपालतिर, सुरक्षाकर्मीले भेट्योकी डण्डा मार्छ

मुगु सोरुका नागरिकले न पास पाए न घर जाने बाटो नै, डीएमकहाँ पास बनाउन जाँदा मुख्यमन्त्रीको फोन गराउ भन्छन कहाँबाट गराउने फोन?

logo
प्रकाशित २०७७ जेठ १० शनिबार
mugu-citizen-in-india-uttar.gif

काठमाडौं। कोरोनाको प्रभाव बढ्दै जाँदा लकडाउन पनि थपिदै गएको छ। लकडाउन थपिदै जाँदा आफ्नो कर्मथलोबाट धेरै प्रवासी नेपालीहरु घर फर्किरहेका छन्। खासगरि भारतका विभिन्न ठाउँबाट नेपाल फर्कनेहरुको लर्को वोर्डरमा देखिइरहेको छ। प्रत्येक दिन वोर्डरबाट नेपाल प्रवेश गर्नेहरु पनि बढेका छन्। अहिले पनि भारतका विभिन्न क्वारेन्टाइनमा नेपालीहरु छन् । कतिपय नेपालीहरुले भने न क्वारेन्टाइनमा बस्न पनि पाएका छन न नेपाल प्रवेश गर्ने पास पाएका छन्। 

अहिले आफ्नो घर फर्कन चाहेन नेपालीहरु कुनै पनि माध्यम प्रयोग गरेर पनि आउन चाहिरहेका छन्। तर सहज नहुँदा धेरै बाटोमा दुख पाइरहेका छन्। पश्चिम नेपाल कर्णालीका विभिन्न जिल्लाका नागरिकहरु अहिले घर फर्कने क्रममा दुख पाइरहेका तस्विर र कथाहरु सामाजिक संजालमा व्यापक भइहरहेको छ।  

केहि दिन अघि मुगुको खत्याड गाउँपालिकाका नागरिकहरु नेपाल फर्कने क्रममा उत्तराखण्डमा दुख पाएको तस्विर भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। सीमा नजिक आइपुगेका नागरिकहरुलाई रोकेर ३० किलोमिटर उतै पठाइदिएको समाचार पनि आएको थियो। 

अहिले फेरि मुगु सोरु गाउँपालिका वडा नं १का स्थानियहरु फेरि पनि उत्तराखण्डबाटै फर्कने क्रममा बाटोमै भारतीय सुरक्षाकर्मीहरुले रोकेर दुख दिएका तस्विरहरु हाम्राकुरालाई प्राप्त भएको छ। हाम्राकुरासँग सम्पर्कमा आएका जगतराज शाहीले उत्तराखण्ड चमेली जिल्ला देवान ब्लकबाट नेपाल आउने क्रममा बाटोमा भारतीय सुरक्षाकर्मीले रोकेर दुख दिएको बताए। शाहीले भने," सुरक्षाकर्मीले भेट्योकी डण्डा मारेर हैरान पार्छ। वहुत दुख पाइयो। "

शुक्रवार १७ जनाको टीममा हिडेको टोली प्रहरीको धरपकड पछि भागाभाग भएको बताए। भागाभाग हुने क्रममा ४ जना आफूहरु एकातिर भइ अरु अन्तैतिर पुगेका उनले बताए। केहि भागेर जंगल हुँदै नेपाल जान अघी बढेको बताए। उनले भने अहिले भएको ठाउँबाट वनवासा नाका पुग्न गाडीमै ८ घण्टा लाग्छ।  

गाडीको पास बनाउन डीएमकहाँ जाँदा पनि आफूहरुलाई नदिएकोउनले गुनासो गरे। डीएम अफिसका कर्मचारीहरुले नेपालीहरुले चाइनीजसँग हात मिलायौ भनेर पनि मुखैमा भन्ने गरेको पनि उनले बताए। नेपाल जाने हो भने मुख्यमन्त्रीले फोन गर्नुपर्‍यो अनि चाँडो हुन्छ नत्र यतै बसे हुन्छ भनेर रोकिदिएको उनले बताए। मुगुका कांग्रेस नेता ऐन बहादुर शाहीले भारतमा दुख पाएर घर फर्कनि नपाइरहेकाहरुलाई नेपाल प्रवेश गर्न सहयोग गर्न सरकारसँग आग्रह गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ