arrow

कोरोना परिक्षण कीट नभएको भन्दै गौरीफन्टाबाट चेकजाँच बिनै भित्र्याइयो करिब २ हजारलाई

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७७ जेठ १० शनिबार
gaurifanta-kailali.gif

कञ्चनपुर। सुदुरपश्चिमको गौरीफन्टा नाकाबाट भारतका विभिन्न स्थानबाट आएका नेपालीहरुको स्वास्थ्य परिक्षण नगरिकनै शनिबार मात्रै १ हजार ९६६ जनालाई भित्र्याइएको छ। 

लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकहरु पश्चिमी नाकाबाट प्रवेश खोलिएको भन्दै ठूलो संख्यामा नेपाल आउन थालेका छन्। तर उनीहरुलाई परिक्षण कीटको अभाव देखाउँदै परिक्षण बिनै सम्बन्धित जिल्लाका पालिकाहरुमा पठाइएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहलेनाकामा परिक्षण हुन नपाएको बताए। 

जोखिमग्रस्त भारतीय प्रान्त र शहरबाट आएकाहरुको समेत सीमामा र्‍यापिड परिक्षण बिनै पालिकाहरुमा पठाउने गरेपछि भाइरस संक्रमणको जोखिम बढेको स्थानीयहरु बताउँछन् । 

भारतबाट नेपाल आउन सीमामा पुगेकाहरुको शनिबार सामान्य ज्वरो समेत मापन गरिएन । भारतबाट नेपालीहरु ३५ वटा बसहरुमा डोकेबजार गौरीफन्टा सीमा नाकामा पुगेका थिए । सीमामा पुगेका नेपालीहरुको भिड थाम्न नसक्ने अबस्था आए पछि शनिवार दिउँसो ३ बजे आवागमन बन्द गरिएको थियो । 

शनिवार भारतका विभिन्न स्थानहरुबाट २३२ जना र पुनर्वास नगरपालिकामा ५५ जना नेपालीलाई ल्याइएको छ। उनिहरुलाई बिधालय भवनहरुमा बनाइएका क्वारेन्टाइनमा राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ