इजरायलमा पाइन् नेपाली राजदूत शाक्यले उत्कृष्ट राजदूत अवार्ड
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
628
Shares
काठमाडौं। इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘एम्बेस्डर अफ एयर २०१९’ बाट सम्मानित भएकी छिन् ।
इजरायलको स्वतन्त्रता दिवसका अवसरमा एम्बेसडर क्लब अफ इजरायलले तेल अबिबस्थित नेपाली राजदूत शाक्यलाई उत्कृष्ट राजदूतका रुपमा उक्त सम्मान दिने निर्णय गरेको हो ।
‘एम्बेसडर क्लब अफ इजरायल’ का निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनीतिक नियोगबाट शाक्यलाई छनोट गरिएको बताए । उनले नेपाल–इजरायल सम्बन्ध थप प्रगाढ बनाउन योगदान गरेकाले शाक्यको पक्षमा मत जाहेर गरेको उल्लेख गरे ।
अन्य तीन फरक विधामा पनि विभिन्न कुटनीतिज्ञलाई सम्मान गरिएको छ। सो अवसरमा कुटनीतिक नियोगका प्रमुख, इजरायली अधिकारीहरू, राजदूत क्लबका सदस्यहरू र मिडियाका प्रतिनिधिहरूको उपस्थिति थियो ।
उक्त अवार्डबाट सम्मानित हुने डा. शाक्य एसियाकै पहिलो राजदूत हुन् ।