arrow

साउदीमा चन्द्रमा देखियो, अरब देशहरुमा आइतबार ईद मनाउँदै

साउदी सरकारले गर्यो ५ दिने कर्फ्युको घोषणा

logo
अरशद शेष राई,
प्रकाशित २०७७ जेठ ११ आइतबार
moon-ied.gif

साउदी अरेबिया। साउदी अरेबियामा शव्वाल महिनाको चन्द्रमा अर्थात 'चाँद' देखिएपछि अरब देशहरुमा आइतबार ईदुलफुत्र मनाइने भएको छ।

इस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अन्तिम दिन साउदी अरेबियामा चन्द्रमा अर्थात चाँद देखिए लगत्तै साउदी अदालतले आइतबार ईदुलफित्र मनाइने घोषणा गरेको हो।

साउदी अदालतले शनिबार साउदी अरेबियामा ईदुलफित्रको चन्द्रमा अर्थात चाँद देखिएपछि साउदी देशहरुमा पनि रमजानको ३० रोजा पूरा भएपछि भोलि अर्थात आइतबार अरब देशहरुमा ईदुलफित्र मनाइने भएका हुन ।

साउदी अरेबिया तथा अरब देशहरुमा हरेक बर्ष पबित्र महिना रमजानको २९ रोजा हुने गर्थ्यो तर यसपाली ३० रोजा पूरा भएको शनिबार चन्द्रमा देखिएको छ । चन्द्रमा देखिएपछि आइतबार अरब देश तुर्की, दुबई, कतार, कुवेत, ओमान, प्यालेस्टाईन, सिरिया, लेबनान, ईरान र पाकिस्तान सहित कयौ मुस्लिम देशहरुमा आइतबार ईदुलफित्र मनाइने भएका हुन। 

बिगत लामो समय देखि विश्वजगतमा कोरोना भाइरसको डर र त्रासका माहोल रहेको बेला साउदी अरेबियामा पनि कोभिड -१९ को महामारी दिनदिनै बढ्दै गएकोले  सरकारले २४ मेदेखि २८ मेसम्म साउदी अधिराज्यभरी २४सै घन्टा लागि देश लकडाउन गर्ने घोषणा गरेको छ। ईदुलफित्रको दिन कोई पनि सडकमा ननिस्कि कोरोना भाइरसको प्रकोपसंग बाँच्न सकुन भनेर कर्फयू लगाइएको बताइएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ