arrow

जर्मन बुन्डेसलिगामा बार्यन शीर्षमै, यस्तो छ ५ खेलको नतिजा 

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
bayern2.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण रोकिएर पुनः सुचालु भएको जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिख शीर्ष स्थानमा कायमै रहेको छ । 

पुनः थालिएको लिगका लगातार दुई खेलमा बायर्नले जित निकालेको छ । शनिबार राति बायर्नले फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्यो । 

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लियोन गोर्टेज्का, थोमस मुलर, रोबर्टो लेवान्डोस्की र अल्फान्सो डेभिसले एक एक गोल गरे । बायर्नले एक आत्मघाती गोलको उपहार पाएको थियो ।

फ्रान्कफर्टका दुवै गोल मार्टिन हिन्टरगरले फर्काए ।

अन्य खेलको नतिजा
बोरुसिया मोन्चेनग्लाडबाच १–३ बायर लिभरकुजेन
फ्रेबर्ग ०–१ वेडर ब्रेमेन
पेडरबर्न १–१ ओफनहेम
वुल्भ्सबर्ग ०–२ बोरुसिया डर्टमन्ड

अंक तालिका
जितसँगै बायर्नले लिगको शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ । बायर्नले २७ खेलबाट ६१ अंक जोडेको छ । 

दोस्रो स्थानको बोरुसिया डर्टमण्डको २७ खेलबाट ५७ अंक रहेको छ । तेस्रो स्थानको बायर लिभरकुजेनको २७ खेलबाट ५३ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ