arrow

खेलाडीहरु कोरोना संक्रमित हुँदा प्रिमियर लिग संकटमा, फेरि थपिए 

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
epl1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल कोरोना भाइरसका कारण संकटमा छ । 

प्रिमियर लिग मार्च १३ बाट स्थगित भएको छ । लिगमा अझै ९२ वटा खेल खेल्न बाँकी छ । शुक्रबार मात्र प्रिमियर लिगका कार्यकारी अधिकृत रिचार्ड मास्टरले जुनमा अबरुद्ध सिजन सुरु गर्न आफुहरु विश्वस्त रहेको बताएका थिए ।

तर टुंगो अझै छैन । 

खेलाडीहरुमा कोरोना संक्रमण भने थपिँदै गएको छ । पछिल्लो समय कोरोनाका थप दुई संक्रमित फेला परेका छन् । 

कोरोनाको पछिल्लो परिक्षणको क्रममा फरक क्लबका दुई जनामा कोरोनाको संक्रमण देखिएको हो ।

प्रिमियर लिगमा मंगलबार, बिहीबार र शुक्रबार ९ सय ९६ खेलाडी तथा क्लब स्टाफको परीक्षण गरिएको थियो ।

खेलाडी र स्टाफमा कोरोनाको संक्रमण देखिने बित्तिकै ७ दिन बेग्ला बेग्लै राखेर उपचार सुरु गरिएको छ । यस पटक प्रत्येक क्लबमा परीक्षणलाई ४ देखि बढाएर ५० मा लगिएको छ ।

गत मे १९ तारिखमा गरिएको पहिलो चरणको परीक्षणमा ६ जनामा कोरोनाको संक्रमण देखिएको प्रिमियर लिगले जनाएको थियो । 

जसमा वाटफोर्ड क्लबका एड्रियन मारियापा र वर्नलीका सहायक प्रशिक्षक इयान वान रहेका थिए । 

मे १७ देखि १८ सम्म ७ स ४८ खेलाडी र क्लब स्टाफको परिक्षण गरिएको थियो ।

जुन महिनादेखि लिगका बाँकी खेल खेल्न सकिने भन्दै गएको मंगलबारदेखि खेलाडीले ब्यक्तिगत रुपमा प्रशिक्षण सुरु गरेका छन् ।

अन्तिम निर्णय भने इंगल्याण्डको सरकारले नै गर्नेछ । किनकि बेलायतमा कोरोना संक्रमितको दर उच्च छ । बेलायती प्रधानमन्त्रीलाई समेत कोरोना भएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ