arrow

कालापानीमा भारतीय सैनिकका बुट बज्दा तिमीलाई किन दुख्दैन सरकार

logo
दिपक खाती,
प्रकाशित २०७७ जेठ ११ आइतबार
dipak-khati1.jpg

दिपक खाती ।

कालापानीमा भारतीय सैनिकका बुट बज्दा तिमीलाई किन दुख्दैन सरकार
लुकाउनु खोज्छु छातिभित्र सीमा मिचिएको पीडा तर मनको पीडा लुक्दैन सरकार ।

नक्सामा समेटेर मात्रै मलाई बिस्तारवादीहरुबाट मुक्ति मिल्दैन
रुँदै कालापानी लिपुलेकले भन्यो हामीलाई हेर्न सिमानामा किन पुग्दैन सरकार ।

अब कालापानी लिपुलेक नेपालकै हो भन्ने प्रमाण देखाउन सके छिमेकीलाई
त्यसपछि हेरौ छिमेकीका विस्तारवादी पाइला कसरी लुक्दैन सरकार ।

देशको माटो बचाउन नेपाली आफ्नो सिर बलि चढाउन तयार हुन्छन्
तर कसै अगाडि सगरमाथा भन्दा अग्लो स्वाभिमानी नेपालीको सिर झुक्दैन सरकार ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ