- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
साउदी अरेबिया । कोरोना भाइरस अर्थात् कोभिड १९ को महामारीले गर्दा विश्व नै डर र त्रासले गुज्रिएको बेला साउदी अरेबियामा पनि दिनदिनै हजारौ हजारको संख्यामा नयाँ कोरोना संक्रमितहरु थपिदै गएका छन जबकि हजारौ हजारको संख्या मै संक्रमितहरु दिनदिनै उपचारपछि निको भइ घर फर्किएका छन् ।
बिगत लामो समयदेखि कोरोना भाइरस अर्थात् कोभिड–१९ ले आफ्नो महामारीले गर्दा विश्वजगतलाई त्रसित बनाएको बेला साउदी अरेबियामा शनिबार एकैदिन २ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित थपिएका छन जबकी २ हजार भन्दा बढी एकैदिन कोरोना संक्रमितहरु उपचारपछि निको भई घर फर्किएका हुन् ।
कोरोना भाइरसका संक्रमितहरु दिनदिनै थपिँदै गएको कारणले साउदी अरेबियामा कोरोना संक्रमितको संख्या ७० हजार भन्दा माथि पुगेको छ ।
जबकि हालसम्म कोभिड–१९ ले गर्दा ज्यान जानेको संख्या ४ सयको हाराहारीमा पुग्न लागेको हो । जबकि कोरोना भाइरसले हालसम्म्म ४१ हजार भन्दा बढी संक्रमितहरुको उपचारपछि निको भई घर फर्किएको साउदी स्वास्थ्य मंत्रालयको तथ्यांकले देखाउँछ ।
साउदी अरेबियामा शनिबार एकैदिन नयाँ भेटिएका २ हजार ४ सय ४२ जना कोरोना संक्रमितमध्ये साउदी अरेबियाको राजधानी रियादमा ७९४, मक्का ४६६, जद्दा ४४४, मदिना २७३, दम्माम ७९ र जुबेल ७७ जना जस्तै गरि थपिएका छन् । जबकि संक्रमित भएका २ हजार २ सय ३३ जना कोरोना संक्रमितले उपचारपछि निको भइ एकैदिन घर फर्किएका छन् ।
साउदी अरेबियामा हाल सम्म कोरोना संक्रमितको संख्या ७० हजार १ सय ६१ जना पुगेको छ भने कोरोना भाइरसले हालसम्म ज्यान लिनेको संख्या ३७९ पुगेको छ । जबकि कोरोना भाइरसले हालसम्म संक्रमित भएका ४१ हजार २ सय ३६ जना उपचारपछि निको भइ घर फर्किएको स्वास्थ्य मंत्रालयको तथ्यांक छ ।
कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाको मक्का शहरमा २ सय ८० जनाको ज्यान गएको छ भने २७ हजार ५ सय १५ जना संक्रमित रहेका छन जबकि १५ हजार ४ सय ३६ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
त्यसैगरी साउदी अरेबियाको शहर मदिनामा कोरोनाको संक्रमणले ४४ जनाको ज्यान गएको छ भने ९ हजार ४ सय ९३ जना कोरोना संक्रमित रहेका छन जबकि ६ हजार ५ सय २७ जना उपचारपछि निको भैई घर फर्किएका हुन् ।
यसैगरी साउदी अरेबियाको राजधानी रियाद शहरमा कोभिड ( १९ ले गर्दा हाल सम्म २३ जनाको ज्यान गएको छ भने १६ हजार १ सय ३ जना कोरोना संक्रमित रहेका छन् जबकि ८ हजार ८ सय २३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
साउदी अरेबियाको पूर्वी क्षेत्रबाट २२ जनाको कोरोना संक्रमणले ज्यान लिएको छ भने १३ हजार २ सय ६५ जना कोरोना संक्रमित रहेका छन जबकि ८ हजार २ सय १९ जना उपचारपछि निको भई घर फर्किएका छन् ।
त्यसैगरी साउदी अरेबियाको जिजान शहरमा हालसम्म एक जनाको कोरोनाको कारण ज्यान गएको छ भने ९ सय ३३ जना कोरोना संक्रमित रहेका छन जबकि ७ सय ८७ जना उपचारपछि निको भई घर फर्किएको स्वास्थ्य मंत्रालयको तथ्यांक रहेको छ ।
यसैगरी रोजगारीको शिलसिलामा साउदी अरेबियामा रहेका १ हजार ३ सय ६४ जना नेपाली कोरोना भाइरसको संक्रमित रहेका छन् । जबकि कोरोना भाइरसले ७ जना नेपालीको ज्यान लिएको छ ।
साउदी अरेबियाको राजधानी रियाद क्षेत्रमा २९९, पूर्बी क्षेत्रमा ६९५, जेद्दा क्षेत्रमा १७६, मक्का आसपासको क्षेत्रमा ६५, मदिना ७२, जिजान क्षेत्रमा ३३ र ताबुकमा २ जना गरि नेपाली संक्रमित रहेका छन् ।
त्यस्तै कशिम क्षेत्रमा १९ जना र अन्य क्षेत्रमा ३ जना नेपाली संक्रमित रहेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ ।