arrow

जिपी कोइराला फाउण्डेशन अमेरिकाद्धारा पाँचौं पटक निःशुल्क आलु वितरण कार्यक्रम 

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
gp-koirala-foundation.jpg

न्यूयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ्य र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निःशुल्क तरकारी (आलु) वितरण कार्यक्रम शनिबार भव्यता का साथ सम्पन्न गरेको छ। 

सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि–फाए बिइन र जकत फाउण्डेशन अफ अमेरिकासँग सहकार्य गरी निःशुल्क आलु वितरण गरिएको हो । उनले यसै फाउण्डेशन लाई ५० बोरा आलु (प्रत्येक बोरामा ५० पाउण्ड आलु) सहयोग स्वरुप प्रदान गरेकी हुन् । 

शनिबारै विभिन्न सघं–संस्थाका प्रतिनिधिहरु मार्फत वितरण गरिएको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए ।

फाउण्डेशनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खट्ने स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सूर्य सिंखडा थिए ।

उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा र केन्द्रीय सदस्य सिंखडा आफै वेरहाउसबाट आ–आफ्नो गाडीमा लोड गरेर विभिन्न सघंसंस्थाका प्रतिनिधिहरु माझ पुगेर वितरण गरे । जसमा किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष  बिरेन्द्र लाबुङ लिम्बु मार्फत ७ बोरा आलु, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष नीमा ल्हमो मार्फत ५ बोरा आलु, एन आर एन अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीमार्फत ६ बोरा आलु, लंगआईलेण्ड नेपाली समाजका पूर्व अध्यक्ष दुर्गेश कार्की, सदस्य नरेन्द्र सुवेदी, यसै फाउण्डेशनका केन्द्रीय सदस्यद्वय विश्व बास्तोला र विनोद थापा, नेजसस लंगआईलेण्डका सचिव दिपक पन्त, समाजसेवी उपेन्द्र खनालहरु मार्फत १० बोरा आलु, तमु परिवार अमेरिका न्यूयोर्ककी मनीता गुरुङ्गमार्फत ५ बोरा आलु, मगर संघ अमेरिका न्यूयोर्कका यम पुन मार्फत ५ बोरा आलु वितरण कार्य सम्पन्न भयो । 

यस वितरण कार्य उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य सुर्य सीमखडा सबै माझ पुगेर हस्तान्तरण गरेका छन् । 

गिरिजा प्रसाद कोइराला फाउण्डेशनले सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि(फाए बिइन र जकत फाउण्डेशन अफ अमेरिका लाई धन्यवाद एवम् हार्दिक आभार प्रकट गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ