- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
२१ औं शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादले आधारभूत भिन्नता देखिन्छ । किन कि जबजले मार्क्सवाद (लेनिनवाद र माओवाद) सारलाई समेट्न सकेको देखिदैन । मित्रवत राजनीतिक शक्तिहरूको बिचमा प्रतिस्पर्धा र शत्रुवतलाई निषेधको राजनीतिलाई अंगीकार गरेको पाइँदैन । कमरेड मदन भण्डारीले अमूर्त कुराहरूलाई जबजमा समेटिएको देखिन्छ । सर्वहाराको अधिनायकत्य भनेको अरु कसैको अस्तित्वको स्वीकार नगर्नु भने होईन । राष्ट्रभक्ति शक्तिहरूसंग प्रतिस्पर्धालाई स्वीकार गर्नु हो ।
राष्ट्र बिरोधी, जनता विरोधी, देश र जनतामाथि शोषण र थिचोमिचो गर्नेहरू अधिनायकवादका प्रमुखहरू हुन् । यिनीहरूको अन्त्य नगरी समाजवादको यात्रालाई अगाडि बढाउन सकिंदैन । यो दस्तावेजमा क्रान्तिकारी जनसेनाको निर्माण र क्रान्तिकारी रुपमा हुने रुपान्तरणलाई सहजै स्वीकार गरेको पाइँदैन । हामीले मान्दै आएका विश्वका कम्युनिष्ट विचारक माक्स, एगेल्स, लेनिन र माओले एक क्रान्तिकारी पार्टी निर्माणका लागि जनताको सेनाको निर्माणमा जोड दिनुको साथै सेना विनाको पार्टी कम्युनिष्ट पार्टीको स्थापनालाई मान्यता दिएको पाइँदैन ।
यसरी एउटा क्रान्तिकारी पार्टीले शक्तिशाली हुनका लागि जनताको सेना हुनपर्ने कुरालाई जोड दिइरहँदा जबजले यो कुरालाई बारम्बार अस्वीकार गरेको पाइन्छ । यसरी यस्ता कुराहरू नसमेटिकन बनेको पार्टी कसरी जनताको पार्टी र कम्युनिष्ट पार्टीको कार्यक्रम हुन सक्छ ? जबजमा केही सकारात्मक कुराहरू नभएको होईन । त्यसमा भएको देशभक्ति भावनालाई त्यसको बलियो पक्षको रुपमा लिनुपर्छ । तर जबजले यस युगमा विश्व कम्युनिष्टहरूको आन्दोलन, तिनीहरू पलायन हुनुको कारण र वर्तमान युगमा कम्युनिष्ट पार्टीहरूले गर्नुपर्ने चुनौतीहरूको बारेमा बोल्न नसकेको देखिन्छ । कम्युनिस्ट आन्दोलनमा देखिएका समस्यालाई पहिचान गर्नु र ती कमि कमजोरीहरूलाई सुधार गरी अघि बढ्नु नै कम्युनिष्ट पार्टीको वास्तविक दस्तावेज हो ।
कम्युनिष्ट पार्टीलाई जनताप्रति उतरदायी बनाउने हो भने पार्टीको निर्माण कुन अवस्थामा राख्ने र सत्ता पुग्दा के कस्तो भूमिका गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । यी कुरा रूलाई ठिकरुपले प्रयोग गर्न नसक्दा विश्वमा कम्युनिष्ट पार्टीहरूले असफलता ब्यहोर्नु परिरहेको थियो । नेतृत्व पार्टीभन्दा सत्ताप्रमुख बेनेको कारण नै अहिले कम्युनिष्टहरू विश्वभर नै रक्षात्मक अवस्थामा रहेका छन् । सर्बहारावर्गको सेनालाई वैचारिक प्रशिक्षण कमिले निष्क्रिय बनाउने र प्रतिक्रान्तिलाई रोक्न नसक्ने अवस्थामा पुर्याउने कार्यले गर्दा यस्तो अवस्थामा आएको हो । यिनै कारणले गर्दा एकपछि अर्को कम्युनिष्टका सत्ताहरू पालोपालो ढले ।
कम्युनिष्ट पार्टीको मूल नेतृत्व सत्ता र राज्य संयन्त्रमा जान हुँदैन पार्टीको नियन्त्रणमा राज्य संयन्त्र रहनुपर्छ भन्ने मान्यताको आधारमा पार्टी भित्र र जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप पार्टी नेतृत्वको रहिरहनुपर्छ र पार्टीलाई प्रणालीको रुपमा स्थापित गर्नु सक्नुपर्छ ।
अहिले नेपाल कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी प्रवृत्ति, क्रान्तिकारी प्रवृत्ति र अर्को यो दुई प्रवृत्तिको बिचमा अलमलिएको पाईन्छ । माक्सवाद र लेनिनवादको विचार धाराको सृजनात्मक प्रयोग गरि बनेको नयाँ पार्टी नेकपालाई स्थापित गरेर समाजवादको गन्तब्यमा अघि बढ्नुपर्ने अवस्था देखिएको छ। वामपन्थी विरुद्ध खनिएका ठूला संचार माध्यमहरूको षड्यन्त्र र भ्रमलाई चिर्दै श्रमजीवि, किसान, मजदुर र सर्वहारा वर्गको पक्षमा हित हुने खालको काम गर्ने र बुर्जुवा र पुँजीपति वर्गको अस्तित्व नै समाप्त गरि समृद्ध देश नेपाल बनाउने जिम्मेवारबाट भाग्न कोही कसैलाई छुट छैन । त्यसले जबज र २१औं शताब्दी जनबादको आधारभूत सैद्धान्तिक कुरालाई अंगालेर अघि बढ्नुपर्ने आजको आवश्यकता हो ।