arrow

हाम्रो देश

logo
रमिला योञ्जन, 
प्रकाशित २०७७ जेठ ११ आइतबार
ramila-yonjan.jpg

हाम्रो देशको हावा राम्रो 
हाम्रो देशको मिठो छ पानी ।

यही माटोमा परिश्रम गरी 
बिताउँ पुरै जिन्दगानी ।  

कुम्भकर्ण, कञ्चनजङ्घा
विश्वमा उच्च शिखर सगरमाथा 
नेपालीको शान । 

बुद्ध जन्मे यही माटोमा 
उनको ज्ञानको विश्वमा 
चर्चा चल्यो बने
नेपालको पहिचान ।

भो भो नजाउ परदेश 
मायाले सिर्जौ यही 
भीरपाखा गाउँघरको ।

कहाँ पाइन्छ र आहा चिसो
शितल पिपल र बरको ।

भिन्न–भिन्न जात जाति
भिन्नभिन्न धर्म र 
आ–आफ्ना संस्कार ।

एक अर्कालाई आदर गर्ने
आहा कति राम्रो सत्कार ।

काली डल्ली माइला साईला भन्दै 
बोलाउने आहा कति प्यारो नाम ।

यो देशको जुन कुनामा गए पनि
भेटिन्छ मठ मन्दिर र देवी धाम

हाम्रो देशको हावा राम्रो
हाम्रो देशको मिठो छ पानी  ।

यही माटोमा परिश्रम गरी
बिताउँ पुरै जिन्दगानी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ