arrow

सबै जनताको स्वास्थ्य परीक्षण गर्न नेविसंघको माग

logo
हरि पन्त
प्रकाशित २०७७ जेठ ११ आइतबार
Nsu-corona-protest.gif

पोखरा। नेपाल विद्यार्थी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाइ कमिटीले कोरोना महामारीका बिचमा सरकारको गतिविधिप्रति शान्तिपूर्ण बिरोध प्रदर्शन गरेको छ । यसक्रममा संघले एक पटक सबै जनताको स्वास्थ्य परीक्षण गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ ।

लिपुलेक, कालापानी, लिम्पुयाधारा लगायतका सीमाको अतिक्रमण रोक्न र अतिक्रमित भूमि फिर्ता गराउन पनि नेबिसंघले माग गरेको छ। कोरोना महामारीका बिचमा सरकारका अस्पष्ट तथा अलोकप्रिय नीति र सरकारको भष्टाचार गतिविधीको विरोध स्वरुप उक्त कार्यक्रम गरिएको नेविसंघले जनाएको छ । 

नेविसंघका इकाइ सभापति नसिव गुरुङले स्पष्ट नीतिका साथ कोरोना महामारीको सामना गर्न र भारत सरकारसंग स्पष्टिकरण सोध्न माग गरे । 

संघका उपसभापति विजय घिमिरेले कोरोनाको सन्त्रास बढ्दै जाँदा स्थानीय तहको मौनता, लकडाउनको अवधि थपिएसंगै देखिएको अन्यौलताले जनतामा थप त्रास पैदा गरेको भन्दै यसतर्फ राज्यको ध्यान पुग्नुपर्ने बताए । उनले जनतामा व्याप्त त्रासको समाधान खोज्न माग गर्दै समाधान गर्न नसके आफ्नो कुर्सीको विकल्प खोज्न चेतावनी दिए ।

स्वतन्त्र विद्यार्थी युनियन जनप्रियका सभापति आशिक गुरुङले जनप्रियलाई क्वारेन्टाइनका निम्ति सिफारिस गर्दै देशभरका सार्वजनिक तथा सामुदायिक क्याम्पसहरुमा यथाशिघ्र क्वारेन्टाइनको व्यवस्था गर्न माग गरे । 

संघका सचिव सागर अधिकारीले एक घर एक स्वास्थ्य परीक्षणको नीति संचालन गरेर छिटोभन्दा छिटो सबै जनताको कोरोना भाइरस परीक्षण गर्न र जनताको मनोबललाई उच्च पार्ने गतिविधि संचालन गर्न माग गरे । 

कार्यक्रममा विद्यार्थी नेताहरु नवराज सुनार, सन्देश कार्की, पुकार पराजुली लगायत सहभागी थिए । सामाजिक दुरी कायम गरेर नै विरोधको कार्यक्रम आयोजना गरिएको संघका सहसचिव शंकर पहारीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ