arrow

दुहबीमा खुले कारखानाहरु, प्रोटोकोल पच्छाएर काम गर्दै

घरवाटै आउजाउ गरेर कारखाना संचालन

logo
प्रकाशित २०७७ जेठ ११ आइतबार
duhabi.png

बिराटनगर। लकडाउनले सबै क्षेत्र आक्रान्त पारिहेको समयमा पुर्वान्चलका कारखाना फरक शैलीमा संचालन भैरहेको छ । दैनिक खाद्य पदार्थ उत्पादनगर्ने ७ वटा कारखानाका मजदुरहरु घरैवाट आउजाउ गरेर संचालन भैरहेको छ ।

सुनसरीको दुहवी नगरपालिकामा संचालित चाउचाउ, बिस्कुट र पेय पदार्थ उत्पादन गर्ने कारखानामा १२ सय भन्दा बढि मजदुर कार्यरत छन । ति सबैमा हरेकदिन घरवाटै आउजाउ गरेर संचालित छन ।

दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले मजदुरहरुको दैनिकी धान्न र बजारमा खाद्य उपभोग्य बस्तुका अभाव हुन नदिन सबै कारखाना पुर्ण क्षमतामा संचालन गरिएको बताउँछन् ।

उनले चाउचाउ,बिस्कुट,पेय पदार्थ उच्पादन र राइस मिलहरु लक डाउनको अवधिमा कुनैदिन पनि बन्द नभएको जानकारी दिए । कारखाना बन्द गर्दा मजदुर परिवारको बिचल्ली हुन्छ भनेर हामी शुरुदेखि नै सचेत थियौ र कुनै दिन बन्द हुन दिएनौ गच्छदारले भने । सबै ति कारखानाले स्वास्थ्य प्रोटोकल पुरा गरेको छ र सम्बन्धित वडाले साप्ताहिक रुपमा अनुगमन गर्दै आएको छ ।

त्यहाको रमपम चाउचाउका उत्पादक एसियन थाई फुडस प्राली दैनिक ४५ हजार कार्टुन चाउचाउ उत्पादन गर्दै अएको छ । त्यहा दैनिक तिन सिफटमा ४ सय ५० मजदुर का मगर्दै आएका छन । उनिहरु सबै घरवाटै आउजाउ गर्छन । त्यसैगरि एशियन बिस्कुट र बेभरेजले दैनिक ३ सय मजदुर राखेर काम गरिरहेको छ ।

क्वालिटि बिस्कुट,क्वालिटी थाइफुडस, झापाको मनसा थाइफुडसले पनि ४ सय ४५ मजदुर कजाइ रहेका छन । दुहवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार न्यौपानेले सबै कारखानामा घरबाटै मजदुरहरु आउजाउ गरेर काम भैरहेको र कारखानाको सम्बन्धित वडा कार्यालयले अनुगमन गरिरहेकोले कुनै समस्या नरहेको जानकारी दिए ।

मजदुरहरु सावधानी पुर्वक घरैवाट आउजाउ गर्छन । कारखानाहरुले सरकारले तोकेको स्वास्थ्य प्रोटोकल पालना गरेका छन । कारखानामा भारतिय नागरिकलाई काममा नलगाइएको र ४, ५ किलोमिटर दुरी सम्मका मजदुर घरैवाट आउजाउ गरेको उनले जानकारी दिए ।

लक डाउनले सबै भन्दा बढि बिपन्न मजदुरहरुको परिवार बिचल्ली हुने स्थिती देखिएका कारण आफुहरुको पहिलो प्राथामिकता खाद्यसंग सम्बन्धित कारखाना संचालन गर्ने र दोश्रो फेजमा अन्य स्टिल लगायतका ठुला कारखाना संचालन गर्ने तैयारी भैरहेको उनले जानकारी दिए ।

मेयर गच्छदारले आफनो नगरपालिका क्षेत्र भित्र बस्ने ११ हजार भन्दा बढि बेजिल्लाका मजदुरहरुलाई तेश्रो चरणको राहत बांडने र सबैको आरडिटि , पिसिआएर चेक गर्ने काम शुरु भएको जानकारी दिए ।

नगरपालिका भित्रका बासिन्दालाई विभेद गर्न मिल्दैन उनले भने ‘सरकारले निर्देशन दिन्छ काम गर्दैन ।‘ आर्थिक सहयोग पनि गरेन भ्याएसम्म आफनै आर्थिक श्रोतवाट ति सबै काम गर्ने तैयारीमा आफुहरुले काम अघि बढाएको उनले जानकारी दिए ।

यो साता बिराटनगरका ठुला सबै कारखाना संचालन गनै तैयारीमा रहेको र आफुहरुले नियमित सहयोग गरिरहेको मेयर गच्छदारले जानकारी दिए । त्यसो गर्दा राजश्व आउछ , मजदुरको रोजिरोटिको समस्या रहदैन र बजारमा समाना अभाव पनि हुदैन । दुई महिनाको लक डाउनले सिकाएको पाठवाट आफुहरु कडाइका साथ स्वास्थ्य प्रोटोकलको मापदण्ड पुरा गरेर सबै कारखाना पुर्ववत अबस्थामा संचालन गर्ने तैयारीमा रहेको गच्छदारको भनाई छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ