arrow

स्थायीत्व करण गर्न कोरोना वाधक : संकट व्यवस्थापन पश्चात् स्थायी प्रदेश टुङ्गो लगाईने

छैठौं अधिवेशनको दोश्रो बैठकबाट आगामी २०७७-०७८को निति तथा कार्यक्रम प्रस्तुत

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ११ आइतबार
pradesh-5_sava_hall.JPG

रुपन्देही । प्रदेश–५ को प्रदेशसभा छैठौं अधिवेशनको दोश्रो वैठकलाई प्रदेशको स्थायीत्वरण गर्न कोरोना भाईरस (कोभिड–१९) को कहर वाधक वनेको निश्कर्ष निकालेको छ । अस्थायी मुकामको रुपमा रुपन्देहीको बुटवलमा अवस्थित रहेको प्रदेश नं. ५ को सरकार सञ्चालन हुँदै आएको छ ।
    
प्रदेश–५ सरकारले शनिवार (हिजो) आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्दै, विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९) का कारण अस्थायी मुकाम प्रदेश नं.५ लाई स्थायित्वकरण गर्न महामारी भाईरस वाधक वनेको निश्कर्ष निकालेको हो । 

यसअघि प्रदेश ५ को स्थायी राजधानी र प्रदेशको नाम तोक्न खोजिए पनि तर बुटवल कि दाङ भन्ने विषयले अझै सम्म मुक्ती पाउन सकेको छैन् । पाँचौ अधिवेशनले टुङ्गो लगाउँछ भन्ने चर्चा चुलिए पनि, प्रदेश सभाको छैठौं अधिवेशनको दोश्रो बैठक सम्म आईपुग्दा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनले औपचारिक वैठक वस्न नसक्दा टुङ्गो लगाउन नसकिएको वताईएको छ ।

शनिवार (हिजो) प्रदेश सभाको छैठांै अधिवेशनको दोस्रो वैठकमा आगामी आर्थिक वर्ष २०७७-०७८ का लागि आयोजित प्रदेश वैठकलाई सम्वोधन गर्दै प्रदेश– ५ प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना कहर वाट प्रदेशको स्थायित्वकरण गर्ने काम रोकिएको र त्यसलाई यो संकट अवस्था सामान्य भए लगत्तै टुङ्गोमा लगाईने जिकिर गरे । 

साथै प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशको नीति तथा कार्यक्रम प्ररस्तुत गर्दै, कोरोना भाइरसका कारण कमजोर वनेको अर्थतन्त्रलाई पुन. चलायमान गराउन स्वदेशी श्रमिकहरुको प्रयोग गरी कृषि उत्पादनलाई मुख्य प्राथमिकता दिने जनाउँदै, स्वास्थ्य सेवामा सुधार गर्दै रोजगारी स्थापनालाई सञ्चालनमा ल्याईने, जस्ता सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरे ।

त्यस्तै, कोरोना भाईरसका कारण रोजगगारी गुमाएर विदेशबाट स्वेदश फर्किएका नागरिकहरुलाई रोजगारीमा जोडिने, स्वदेशी कच्चा पदार्थ वाट सञ्चलान हुने उद्योगहरु खोल्नलाई प्रोत्साहन गरी स्वदेशी श्रम स्वदेशमै पसिना कार्यक्रम ल्याउने प्रदेश नं.५ सरकारले घोषणा गरेको कार्यक्रममा जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ