- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बैतडी । जब सिमाको विषयमा समस्या आउछ, तब मात्र बोल्ने र विरोध गर्ने हाम्रो प्रवृति रहेको छ । केही दिन बहशमा आउछन पछि सेलाउछन् । त्यसैले अहिले त्यसो नहोस भन्ने हाम्रो चाहना छ । वि.सं. २०७२ सालमा भुकम्पले नेपाल थिलथिल परेको मौका छोपेर द्धय छिमेकी राष्ट्र भारत र चिनले नेपालको भूमि हडपने गरीे ४१ बुँदै संयुक्त सम्झौंता गर्यो । त्यसको २८ नं. बुदामा लिपुलेक भएर ब्यापारिक नाका खोल्ने सम्झौंता गरेको थियो । ठिक अहिले कोरोना संक्रमणले विश्व हायलकायल भएको बेला मानसरोबर जाने सडक निर्माणको हल्ला आएको छ ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको हामी संग प्रमाणका रुपमा ऐतिहासिक नक्सा, दस्ताबेजहरु, २०१८ सालमा भैरब रिसालजीले गरेको जनगणना, तत्कालीन सयममा राणाहरुले त्यहाका जिम्मावलहरुलाई मालपोत संकलन गर्न दिएको सनदपत्र, जलविज्ञानका आधारमा कुन मुल नदी हो, कुन सहायक नदी हो, नदिको गहिराई, जलाधार क्षेत्र, पानीको मात्रा र आयतन हेर्दा समेत महाकाली नदिको उदगम स्थल लिम्पियाधुरा नै हो भनि प्रमाणित हुन्छ । त्यसका साथसाथै सवैभन्दा बलियो प्रमाण सन १८२७ मा इष्ट इण्डिया कम्पनी सरकारको हाइडोग्राफरले व्रिटिस पार्लियामेन्ट ऐन अनुसार तयार पारिएको नक्सा र सर्वे अफ इण्डिया द्वारा प्रकाशित नक्साहरु हुन । हामी संग ऐतिहासिक, बैज्ञानिक र जिउदा प्रमाण हुँदाहुदै हामी कहिकतै डगमगाउनु पर्ने स्थिति छैन ।
गुञ्जी, नाबी, कुटी, गर्ब्याङ, छाङरुको तिरो–तिरान गरेको बैतडी मालपोत कार्यालयमा अभिलेख सुरक्षित हुनुपर्छ । त्यतिबेला बैतडी मालपोतले नै अहिलेको दार्चुलाको तिरो बुझ्ने गर्दथ्यो । हाल अतिक्रमणमा परेका पाँच गर्खा लगायतका ठाउँमा सयौं वर्षदेखि नेपालीको भोगचलन र स्वामित्व रहिआएकोछ । सन् १९६७ मा टार्सनले हातले बनाएको नक्सा, सन् १८४० मा क्यू.एम. जनरल अफिस इण्डियाको नेपाल सरकारले समेत स्वीकृति दिएको नक्सा सन् १९३१ मा प्रकाशित कन्टुरको नक्साले पनि महाकालीको मुहान लिम्पियाधुरा नै प्रमाणित गर्दछ ।
हामीसंग अभिलेख र प्रमाणका रुपमा बेलायतको लाइबरेरीमा रहेका नक्साहरुले र हामी संग जिउँदा प्रमाणहरुले हामीलाई भारी बनाएको छ । अझ जगणनाको कुरा हेर्ने हो भने नेपाल सरकारले वि.सं. २००९ मा पूर्वाञ्चल र २०१ मा पश्चिमाञ्चलमा जनगणना गरेको थियो । हालको दार्चुला तत्कालीन बैतडी जिल्ला अन्तर्गत थियो । बैतडी अन्तर्गतको तत्काली ब्यास गर्खामा ६ वटा गाँउहरुहरुथिए । २०११ को जनगणनाले ब्यास गर्खाको कुल घरधुरी संख्या ४ सय ३४ र कुल जनसंख्या १८१६ देखाएको छ र वि.सं. २०१८ सालमा ब्यास क्षेत्रका गुञ्जी, नावी, कुटी, तिङ्कर, छाङ्गरु गाउँहरुको जनगणना बरिष्ठ पत्रकार भैरब रिसालको मातहत भएको थियो ।
हामी संग जिउदा र कागजी प्रमाणहरुले भारी छौं । हाम्रो भुगोलको रक्षा गर्नु सबैको कर्तब्य हो । सरकारले कुटनैतिक पहल उठाउनु पर्छ सरकार बाहिरका क्रियासिल दल र आम नागरिकले होस्टेमा हैसे गर्दै असल सारथीको भूमिकामा रहेर सरकारलाई सहयोग गर्दै गुमेका भूमि फिर्ता गर्न एकमत हुनुपर्छ । यसैमा सबैको भलो छ ।