arrow

पाँचथरमा रासायनिक मलको अभाव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ जेठ ११ आइतबार
rasayanik-mal.jpg.jpeg

पाँचथर। पाँचथरमा रासायनिक मलको अभाव भएको छ । कृषकहरुलाई धान, मकै, गहुँ लगायतको वालीमा लगाउनुपर्ने रासायनिक मलको अभाव भएको हो ।

अहिले रासायनिक मल आपूर्ति गर्ने अधिकार स्थानिय तह लाई नै दिएको हुँदा पालिकाहरुले नै ब्यवस्था गर्ने कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले बताए ।

पहिल्यै रासायनिक मल आपूर्ति ब्यवस्थापन समिती हुने गरेको र उक्त समितीले डिलर लिन चाहाने स्थानिय सहकारीलाई डिलरसीप प्रदान गरेको उनले बताए । सहकारीले कृषि विकाश कार्यालय बाट अनुमति लिएर रासायनिक मल लिएर जिल्लामा वितरण गर्ने गर्दथ्यो  ।

तर अहिले एउटा सहकारीले मल ल्याएर सवै पालिकालाई वितरण गर्न असम्भव भएको कारणले पनि मलको अभाव भएको हुन सक्ने ज्ञान केन्द्र पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ