arrow

लकडाउनका कारण डडेल्धुरामा रगतको अभाव

अस्पताल र रक्त सञ्चार केन्द्र तालमेल बिहिन

logo
टेकाराज अवस्थी,
प्रकाशित २०७७ जेठ ११ आइतबार
blood-donation.jpg

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा रगतको चरम अभाव भएको छ । कोरना भाईरसको संक्रमण रोक्नकालागि गरिएको लकडाउनका कारण रगत संकलन गर्न नसक्दा डडेल्धुरामा रगतको अभाव भएको हो ।

नेपाल रेडक्रस सोसाइटी डडेलधुरा शाखा भवनमा रहेको रक्त सञ्चार सेवा केन्द्रमा रगतको अभाव हुँदा डडेल्धुरा अस्पताल डडेल्धुरामा ग्रामीण क्षेत्र सहित बैतडी, दार्चुला, बझाङ, डोटी लगायतका जिल्लाबाट आउने विरामीलाई समस्या हुने भएको हो ।

कोरोना भाईरसको संक्रमणको त्रासका कारण रगत संकलन गर्न नसक्नुका साथै जिल्ला सदरमुकाममा रहेका रक्तदाताहरु गाउँमा गएकाले रगतको अभाव भएको सेवा केन्द्र प्रमुख गणेश बहादुर ऐरले बताए  ।

लकडाउनका कारण रक्तदाताहरु सहजै सम्पर्कमा आउन नसक्दा रगतको अभाव हुँदा विशेषगरी डडेल्धुरा अस्पतालमा आउने गर्भवती महिलाहरुको सल्यक्रिया गर्दा समस्या हुने गरेकाले रगत संकलन गर्न नसकिएपछि विरामीलाई अन्यत्रवाट भएर पनि खोजेर दिने गरेको समेत ऐरले वताए ।

जिल्लामा रक्त समूह तथ्यांङ्क नहुँदा र सरोकारवाला निकायले रेडक्रसमा रगतको मौजदात छ कि छैन भन्ने बारे चासो नदिंदा कोरनाको संत्रास फैलिरहेका दुःख पाउनु परिरहेको बझाङ्गबाट थप उपचारका लागि डडेल्धुरा आई पुगेका बिरामीका आफन्तले बताए ।

उनले भने ‘बझाङ्गको देउलेकमा सुत्केरी भएकी श्रीमतीलाई रगतको अभाव देखिए पछि ठूलो आशा लिएर डडेल्धुरा पुगेको हुँ ब्लडबैंकमै रगत नपाए पछि डडेल्धुरा अस्पताल आएर के गर्नु ?’

डाक्टरले रगत ल्याउ भनेर लेखि दिन्छन हामीले कहाँबाट ल्याउने, यहाँको अस्पताल र रक्त सञ्चार केन्द्र बिच खासै तालमेल रहेनछ यो भन्दा त तराई गएको भए हुन्थ्यो होला । कतिपय रगतको आवश्यकता भएकाहरुको त अस्पतालबाटै बिरामी माथी खेलवाड हुँदो रहेछ फरक समूह लेखिदिंदा रहेछन कसलाई मान्ने दोधारको चिन्ता त भयो नै जोखिम पनि भयो । 

‘पहाडी जिल्लाको एक मात्र ब्लडबैंकमा रगत पर्याप्त नहुनु दुखद विषय हो , हामीले यो संस्था र सुबिधाका लागि धेरै संघर्ष गरेर स्थापना गरियो तर आजभोली यस तर्फ कसैको ध्यान गएको छैन। यसलाई दिगो संचालन गर्न सकिएन भने यहाँका सेवाग्राही जनताले सास्ती त पाउँछन नै संघिय सरकार मातहत भनिएको अस्पतालको पनि औचित्य छैन।‘ रक्त संचार सेवा केन्द्रका अभियन्ता तथा नेपाल रेडक्रस सोसाईटी डडेल्धुराका पूर्व सभापति सुरेन्द्र सिंह ऐरको भनाई छ ।

अस्पताल परिसरसँगै जोडिएको र अति आवश्यकिय सेवा भएपनि जनताबाट निर्वाचित स्थानीय जनप्रतिनिधिले पनि उपेक्षा गरेको नागरिक समाज डडेल्धुराका संयोजक रमेश प्रसाद जोशीले दुखेसो व्यक्त गरेका छन ।

उनले भने ‘मान्छेको जीवन र मृत्युसँगको सवाल हो, रक्तदान प्रणालीलाई व्यवस्थित गर्नु पर्छ र आवश्यक बजेट बिनियोजन गरेर सञ्चार केन्द्रलाई दिगो व्यवस्थित र स्वस्थ बाताबरणमा काम गरि जनतालाई सेवासुबिधा दिने व्यवस्था मिलाउनु पर्छ, यो ब्लडबैंक र अस्पताल डडेल्धुराको गरिमा हो यसलाई उचित र उपयुक्त तबरबाट संरक्षण गरिनु पर्छ ।‘

डडेल्धुरा अस्पतालमा मासिक एक सय जति पिन्ट माग हुन्छ तर खपत चारपाँच मात्र बाँकी फिर्ता हुन्छ फिर्ता गरेको रगत कसरी राख्ने हामीसँग डिफ्रिज पनि छैन, रगतको मेरिट दुई दिन भन्दा बढि रहदैन अनि खेर जान्छ समस्या धेरै छन यसलाई प्रभावकारी रुपमा व्यवस्थित गर्न सार्थक प्रयास र पहल अहिलेसम्म भएको देखिदैन, डडेल्धुरामा सात स्थानीय तह छन सबैको दायित्व भित्र पर्ने विषय भए पनि कसैले चासो दिएका छैनन् केन्द्रका प्रमुख ऐरले बताए । 

रक्त सञ्चार सेवा केन्द्र आन्तरिक व्यवस्थापन, कर्मचारी तलब तथा कार्यालय सञ्चालनमा हम्मेहम्मे धानिरहेको छ भने उता अमरगढी नगरपालिकाबाट रक्त सञ्चारका नाममा बजेट बिनियोजन गरेर रकमान्तर गर्दै अस्पताललाई भुक्तानी गरिरहेको प्रबृति प्रति स्थानीयले आपत्ति जनाएका छन। मार्कामा परेका सेवाग्राहीहरु हामीलाई पनि गुनासो गर्नु हुन्छ अस्पतालमा त त्यसै पनि ठूलो रकम सरकारका बिभिन्न निकायबाट आएकै हुन्छ त्यसमा पनि छुट्याएको रकम पनि ब्लडबैंकलाई उपलब्ध नहुनु स्थानीय सरकारको गैरजिम्मेवारीपन देखिन्छ भन्नु हुन्छ नेपाल पत्रकार महासंघ डडेलधुराका अध्यक्ष तथा नागरिक समाज सदस्य मान बहादुर साउँद । 

स्थापना काल २०७० देखि चार हजार बिरामीलाई सुबिधा दिएको केन्द्रले रगतको अभाव हुँदा विरामीलाई नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी सहित अन्य रक्त स्थानीय स्वयंसेवकद्वारा रक्तदाताहरुलाई खोज्नु पर्ने वाध्यता भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ