arrow

तत्कालिन कर्णालीमा २ हजार ७ सय ५५ जनाको पिसिआर नेगेटिव

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ जेठ ११ आइतबार
karnali-health-institute.jpg

मुगु। कर्णाली प्रदेशको जुम्लामा रहेको कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गरिएका सबै स्वाबहरुको रिर्पोट नेगेटिव आएको छ ।

साविक कणाली अंचल भित्र पर्ने ५ जिल्लाहरु मध्य मुगु, हुम्ला, कालिकोट र जुम्लाबाट विभिन्न मितीमा संकलन गरेर परिक्षण गरिएका २७५५ व्यक्तिहरुको स्वावको पिसिआर परिक्षण् गर्दा नेगेटिव रिर्पोट आएको हो ।

प्रतिष्ठान जुम्लाका निर्देशक डाक्टर मंगल रावतले प्रतिष्ठानमा शुक्रबारसम्म संकलित २७ सय ५५ जनाको स्वावहरुको पिसिआर परिक्षण् गर्दा सबैको रिपोट नेगेटिव आएको बताए ।

पछिल्लो समय साविकको कर्णालीका ५ वटा जिल्लाहरुमा भारत गएका तथा देशका विभिन्न स्थानहरुमा रहेका स्थानियहरु भित्रने क्रम बढदै जान थाले पछि सबै तिर कोरोनाको त्रास फैलिएपछि कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सबै जिल्लाहरुमा चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोली खटाएर कोरोना परिक्षणका लागी स्वाव संलकन गर्ने कार्यलाई तिव्रता दिईरहेको छ, शुक्रबारसम्म संकलित स्वावहरुकको परिक्षण गर्दा सबैको रिपोट नेगेटिव आएको डा रावतले बताए ।

कणाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुक्रबारको कोभिड १९ पिसिआर परिक्षण दैनिक प्रतिवेदन अनुसार प्रतिष्ठान मै ४२४, कालिकोटबाट ६९५, मुगुबाट ३५१, जुम्लाबाट ७८९, नेपाली सेना ७०, हुम्लाबाट ४०८, पत्रकार १८ गरि कुल २७५५ संकललित स्वावहरुको पिसिआर परिक्षण गर्दा सबैको रिर्पोट नेगेटिव आएको छ । आरडिटि पोजिटिव देखिएका हुम्ला नाम्खाका २ जना र मुगु खत्याड गाँउपालिका १ जनाको पिसिआर परिक्षणमा नेगेटिव रिपोट आएको पनि प्रतिष्ठानले जनाएको छ ।

कोरोना भाईरसबाट कणाली सुरक्षित होस् र कसैमा कोरोना भए समय मै पहिचान भै अन्यहरुमा सर्न नपाओस् र उपचार गर्न समय मै सकियोस् भनेर प्रतिष्ठानले चिकित्सक सहित टोली जिल्लाहरुमा खटाएको छ उनीहरुले जिल्लाहरुका विभिन्न स्थानहरुमा स्वाब संकलन केन्द्र स्थापना गरि स्वाब संकलन गरिरहेका छन् । संकलित स्वाबहरु स्थाल र हवाई मार्गबाट स्वास्थ्य प्रतिष्ठान जुम्लामा ल्याई पिसिआर परिक्षण गरिदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ