arrow

बेलायतमा जन्मेका नेपाली किशोरले भारतीय प्रधानमन्त्री मोदीलाई लेखे पत्र 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
Shubhashis-modi-letter.gif

नेपालको लिपुलेक भूभाग मिचेर भारतले कैलाश मानसरोवर पुग्ने सडक बनाएपछि अहिले नेपाल- भारत सम्बन्धमा एउटा तरंग आएको छ। संसारभर रहेका नेपालीहरुले यस बारेमा बिभिन्न प्रतिक्रिया जनाइरहेका छन्। नेपाली र भारतीय मिडियाहरु आफ्नो भूभागको बारेमा आ-आफ्नो दावीलाई पुष्टि गर्नतर्फ लागेका छन् भने केहि भारतीय मिडिया तल्लो स्तरमा उत्रिएर नेपालमाथि आरोप थोपर्नेतिर लागेका छन्।

भारतीय सेनाका पुर्ब र बहालवाला जर्नेलहरु समेत मिडियाबाजीमा लागेका देखिन्छ। जसको बिरुद्धमा ठाउँ ठाउँमा रहेका नेपालीहरुले आफ्नो ठाउँबाट आवाज उठाईरहेका देखिन्छन। यहिबीचमा बेलायतमा जन्मिएका १५ बर्षिय नेपाली मुलका एक बिद्यार्थीले भारतका प्रधानमन्त्रीलाई आफ्नो असन्तुष्टि लेखेर पठाएका छन्। प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै बिद्यार्थी शुभाशिश श्रेष्ठले ''बेलायतमा आफ्ना धेरै भारतीय साथि रहेको र बेलायतमा नेपाली र भारतीय समुदायको राम्रो सम्बन्ध भएको साथै नेपाल भारत सम्बन्ध अरुको भन्दा फरक रहनुको साथै नेपाल-भारतका जनताको सम्बन्ध राम्रो हुँदाहुँदै अहिले सिमा बिबादको सन्दर्भमा भारतीय पत्रकार र सेनाका पुर्ब जर्नेलहरुको अभिव्यक्ति सम्मानजनक नभएको।" उल्लेख गर्दै पत्र पठाएका छन्।

श्रेष्ठले आफु पनि भविष्यमा मिडिया क्षेत्रमा जाने सोचले संसारका गतिबिधि नजिकबाट नियाल्ने गरेको' उल्लेख गर्दै प्रधानमन्त्री मोदीलाई केहि बर्ष अगाडिको भूकम्पमा नेपाललाई सहयोग गरेकोले नेपालमा उहाँ धेरै नै लोकप्रिय भएको, जुन अहिलेको सीमा विवाद र भूकम्पको लगत्तै भएको आर्थिक नाकाबन्दीले गर्दा त्यो लोकप्रियता ओरालो लागेको स्मरण गराएका छन्। साथै उनले मोदीलाई प्रश्न सोधेका छन्, "के नेपाल- भारत सम्बन्ध भारतीय मिडिया र कर्मचारीतन्त्रले निर्धारण गर्ने हो?" अनि मोदीलाई स्मरण गराउँदै भनेका छन्, तपाईका देशका स्वर्गीय राष्ट्रपति ए पी जे अब्दुल कलामले बच्चाहरुको कुरा चाख लिएर सुन्ने गर्थे र उनीहरुको सुझाब मान्थे रे, त्यहि बाटोमा तपाई पनि हुनुहुन्छ कि भनेर मैले अहिले यो पत्र लेख्दैछु।"

ओखलढुंगा मुलथलो भइ हाल बेलायतस्थित अल्डवोर्थ स्कुलमा अध्ययनरत शुभाशिश श्रेष्ठले भारतीय प्रधानमन्त्री कार्यालयको वेबसाइट मार्फत प्रधानमन्त्री मोदीलाई लेखेको पत्रको बारेमा भारतीय प्रधानमन्त्री कार्यालयबाट प्रथम प्रतिक्रिया पनि प्राप्त गरेका छन्। प्रधानमन्त्री कार्यालयका उपसचिव अम्बुज शर्माको कार्यक्षेत्र तोकी इमेल प्राप्त गरेपछि १५ बर्षिय शुभाशिश श्रेष्ठ भन्छन - भारतले जब नेपालको भूभाग समेत मिचेर सडक बनाएको समाचार आयो, मैले यसलाई फलो गरिरहेको थिए, झन् भारतीय मिडिया र सेनाका जर्नेलहरुको ब्यबहार र अभिव्यक्ति सुनेपछि मन थाम्न नसकेर मैले भारतीय प्रधानमन्त्रीको वेबसाइटमा गएर '' नेपालको सार्वभौमसत्ताको सम्मान गर्न'' भन्दै पत्राचार गरेपछि उताबाट पनि धन्यवाद इमेल प्राप्त भएको छ।

आफू नेपालमा नजन्मिएपनि नेपाली भएको बताउँदै, त्यसैले चुप बस्न मन नलागेर पत्र पठाएको श्रेष्ठले बताए। पटक पटक च्यारिटी गरेर नेपालका बिभिन्न स्कुलमा इ-लाइब्रेरी समेत बनाइसकेका उनले यसअघि पनि स्कुलका साथीहरुले गोर्खा आर्मीको लोगो नचिनेपछि गोर्खा वेलफेयर ट्रष्टका चेयरम्यान लेफ्टिनेन्ट जेनेरल निक पोपलाई ''गोर्खाहरुले बेलायतको लागि धेरै गरेको छ, तर अहिलेको जेनेरेशनले गोर्खा चिन्दैन, यो ठिक भएन, अब स्कुलको पाठ्यक्रममा गोर्खा सम्बन्धि बिषय पढाउने व्यबस्थाको लागि पहल होस् '' भन्दै पत्राचार गरेका थिए। उनैको पहल स्वरुप अफगानिस्थान तलिबानसंगको युद्धमा दुवै खुट्टा गुमाएर पनि अहिले सगरमाथाको आरोहणको तयारीमा रहेका हरि बुढा मगरलाई निमन्त्रणा गरेर गोर्खाको योगदान सम्बन्धि अन्तरक्रिया गराएका थिए। मगरको सगरमाथा अभियानमा सहयोग गर्न स्कुलले प्रतिबद्धता समेत जनाएको थियो। गतबर्ष भएको अल्डवोर्थ स्कुलको ''हेड ब्वाई'' मा चारजना बिध्यार्थिलाई पराजित गरेर निर्वाचित भएका शुभाशिश भविष्यमा '' पोलिटिकल जर्नालिजम '' मा अगाडी बढ्ने कुरा बताउँछन। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ