arrow

नुवाकोटमा पनि देखियो कोरोना पोजेटिभ, महानगरको वैठकमा सहभागि थिए संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ११ आइतबार
corona-niko-test.jpg

नुवाकोट। नुवाकोटमा पहिलो पटक कोरोना संक्रमित फेला परेको छ। नुवाकोटको ककनी गाउँपालिकाको वडा नम्बर ३ का ३९ वर्षिय एक जना पुरूषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

काठमाडाैं महानगरपालिकाको समन्वयमा भएको कोरोना परीक्षणमा ती पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

ककनीका ति पुरुष काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागिता जनाएका थिए । ती पुरूषसँगै बैठकमा सहभागी नुवाकोटकै अन्य केही व्यक्तिको भने कोरोना संक्रमण देखिएको छैन।

कोरोना संक्रमण पुष्टि भएपछि ती पुरूषलाइ काठमाडौं लैजाने तयारी गरिएको छ। कोरोना संक्रमित पुरूष राजनीतिमा सक्रिय रहेको बुझिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको औपचारिक पुष्टि गरेको छैन।

नुवाकोट थपिएसँगै कोरोना संक्रमण भएको जिल्लाको संख्या ४२ पुगेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ