arrow

राप्तीसोनारी गाउँपालिकामा आइतवार ४ जना कोरोना संक्रमित थपिदा बाँकेमा पुगे १ सय ४६

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १२ सोमबार
corona-niko-test.jpg

नेपालगन्ज। बाँकेको राप्तीसोनारी गाउँपालिकामा आइतवार ४ जना कोरोना संक्रमित थपिएका छन्। वडा नम्बर ५ को नारायणपुर, भवनपुर माविको क्वारेन्टाइनमा बसेका १६, २३, २३ र २४ वर्षका पुरुषमा कोरोना देखिएको हो । उनीहरु सबै कर्मथलो भारतबाट आएका हुन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजिटिभ देखिएको हो । त्यस क्वारेन्टाइनका १ सय २९ जनाको परिक्षण गर्दा ४ जनामा पोजिटिभ देखिएको हो। राप्तीसोनारीमा अब संक्रमितको संख्या ५ पुगेको छ।

यसअघि वडा नम्बर ९ का एक १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । बाँकेमा कोरोना संक्रमित १ सय ४६ पुगेका छन् । ती मध्ये एक जनाको मृत्युु भएको छ भने २१ जना उपचारपछि घर फर्केका छन् ।

नरैनापुरमा मात्रै १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । मृत्यु भएका युवक नरैनापुरकै हुन् । दाङमा आजै गरिएको परिक्षणमा बर्दिया बाँसगढी ९ का एक २५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ