arrow

आईपीएल क्रिकेट: पञ्जाबको कमजोर प्रदर्शन जारी, कोलकाता बिजयी

logo
प्रकाशित २०७३ वैशाख २२ बुधबार
IPL_Russel_Punjab.jpg.jpeg
काठमाडौं। कोलकाता नाईटराईडरले किङ्ग्स ईलेवन पञ्जाबलाई ७ विकेटले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। कोलकाताको यो पाँचौं जीत हो भने पञ्जाबको पाँचौं हार । यो हारसँगै पञ्जाब पुछारमा पुगेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ३ विकेटको नोक्सानीमा १६४ रन बनाएको थियो। प्रारम्भिक जोडी रविन उथप्पा र कप्तान गौतम गंभिरले १०१ रनको साझेदारी गरेर बलियो राम्रो शुरुवात गरेका थिए। उथप्पाले ४९ बलमा ७० रन बनाएका थिए भने गंभिरले ५४ रनको योगदान गरेका थिए। कोलकाताको तीन विकेट रनआउटका रुपमा झरेको थियो। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको पञ्जाब २० ओभरमा ९ विकेटको नोक्सानीमा १५७ रनमा रोकिएको थियो। पञजाबले राम्रो शुरुवात गर्न सकेन र १३ रनमा ३ विकेट गुमाईसकेको स्थितीबाट सम्हालिएको टोली म्याक्सवेल र मिलरको जोडीले  जीतको आशा देखाएका थिए।
 
 म्याक्सवेलले ४२ बलमा ६८ रन बनाएका थिए। पुछारमा ब्याटिङ गर्न आएका अक्षर पटेलले ७ बलमा २१ रन बनाएर केहि आशा देखाए पनि कोलकातालाई जित्न बाट रोक्न सकेनन्। 
 
कोलकाताका आन्द्रे रशेलले ४ ओभरमा २० रन खर्चिंदै ४ विकेट लिएका थिए। रशेल कोलकाताका फर्ममा रहेका खेलाडी हुन्। उनको अलराउण्ड प्रदर्शनले कोलकाताले आफ्ना खेलहरु जितिरहेको छ। खेलका प्लेयर अफ म्याच रशेल घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ