arrow

आज मंगल चौथी व्रत र गणेशको पूजा गर्ने दिन, कसरी गर्ने स्मरण ?

राशीसहित

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ जेठ १३ मंगलबार
mangalll.jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेष्ठ १३ गते मंगलबार, इस्वी संवत मे २६ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठ शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठशुक्लपक्षको चतुर्थी तिथि ४५ घटि ५९ पला अर्थात् रातिमा ११ बजेर ३६ मिनेटसम्म त्यसउप्रान्त पञ्चमी तिथि लाग्नेछ । आज आद्रा नक्षत्र, विष्कुम्भादि योगमा गण्ड, करणमा वणिज, आनन्दादि योगमा चर रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३४ घटि ७ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १२ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५१ मिनेटमा हुनेछ । 

आज मंगलचौथी व्रत
आज मंगलचौथी व्रत र पूजा गर्ने दिन हो । हिन्दू संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन् । भगवान श्री गणेशलाई मंगलकारक देवताका रूपमा पूजा गर्ने चलन छ । 

आज मंगलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ । यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मंगलल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मंगलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ । 

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धापूर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ । आज तपाइँ कुनै नयाँ कामको थालनी गर्र्दै हुनुहुन्छ भने आजको दिन अति शुभ रहेको छ । 

आजको राशिफल
मेषः
मेष राशि भएकाहरूका आज पनि समय शुभ छ । थोरै समय र सानो लगानी गरी शुरु गरिने व्यावसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग भेटी नयाँ कामको योजना बनाउन सकिनेछ । पढाई लेखाईमा पनि भनेजस्तो सफलता हात लाग्ने हुँदा अरुलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेरै धेरै कामहरु फत्ते गर्न सकिनेछ ।    

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अल्छी गर्ने बानीले महत्वपूर्ण कामहरु सम्पादन गर्न मुस्किल हुनेछ । समयमो ख्याल नगर्दा परिस्थितिले नसोचेको बाटो लिन सक्छ ध्यान दिनुहोला । आर्थिक मुद्दामा आफन्त तथा सहयोगी सँग मनमुटाबको सिर्जना हुनेछ भने आम्दानीका बाटाहरु साँघुरा हुनेछन् । व्यापार व्यावसायमा लगानी गर्ने अवसर आए पनि समयले साथ नदिंदा घाटा लाग्नेछ । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद गर्नु पर्दा मानसिक तनाव बढ्नेछ ।

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै शुभ छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्तबाट सहयोग पाईनेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गरी अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । 


कर्कटः आज कर्कट राशिका लागि आज पनि समय खराब रहनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ सहयोग नपाईने हुँनाले आफ्ना योजनाहरु अधुरै नै रहनेछन् । राज्यको विभिन्न पदमा बस्नेले समयमा काम नगर्दा कामहरु थाती रहनेछन् । गोप्य सूचनाहरु बहिरिने हुँदा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुँदा विद्या तथा प्रतिस्पर्धामा अरु भन्दा पछि परिनेछ ।


सिंहः आज सिंह राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । बिभिन्न अवसरको सहि तरिकाले सदुयपोग गर्न सक्दा धेरै उपलब्धि हात पर्नेछन् । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धनको भण्डार बढ्नेछ । बौद्धिकताको उपयोग गरि आफ्नो ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । परिवार तथा जीवन साथीको सहयोगले उत्साह जगाउनेछ । सुन्दर तथा विलासी पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।


कन्याः कन्या राशि भएकाहरूका लागि आज पनि समय सामान्य छ । तपाईको खुट्टा तान्ने मानिसहरु हावी हुँने तथा शत्रुहरु सलबलाउनेछन् । न्यायालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनावश्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज पनि समय खराब छ । माया प्रेमको डोरो कसिलो हुनेछ भने प्रेम प्रसङ्गमा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । पढ्न लेखाईमा खासै मन नजादा अरुभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै हुनेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि समय फलदायी रहनेछ ।


वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । भौतिक सम्पति तथा सवारी साधनको खरिद बिक्री गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । नीति नियम तथा कानुनको पालना नगर्दा दण्ड तथा जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । मध्यान्हपछिको समय राम्रो रहेकोले व्यापारमा बढोत्तरीको योग रहेकोछ भने आर्थिक अवस्था सुदृढ हुनेछ ।

धनुः धनु राशिका लागि आज समय शुभ छ । आर्थिक सवालमा उठ्ने प्रश्नहरुको हल हुनेछ । आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् भने सानो तिनो प्रयत्नले ठूलै काम सम्पादन हुनेछ । प्राकृतिक स्रोत तथा साधनको प्रयोगबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । कृषि, पशुपालन, तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानी गर्दा भनेजस्तो नाँफा कमाउन सकिनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । मध्यान्हपछिको समय उत्तम रहेकोले समाजमा तपाईको कामबाट सबै जना खुसि हुनेछन् भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएका कामहरु पुनः सुचारु हुने हुनाले मन प्रशन्न रहनेछ । अध्ययनमा सुधार हुँदै जाने योग रहेकोछ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि स्वास्थ्य भरपर्दो रहनेछैन । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुःख पाईनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पहिले गरिएका लगानीबाट मनग्य आम्दानी हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले अरुभन्दा अग्रस्थानमा तपाईको नाम आउनेछ । मिष्टान्न भोजनका साथ परिवारका सदस्यसँग रमाउन सकिनेछ ।


मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आज मानसिक चोट पर्ने कुरा कसैले गर्न सक्छ, अपमानित हुने ठाउ“मा नजानु नै बेस, तपाईंको काम विगार्नेतर्फ आफन्त, नजिकका नाता समेत लागि पर्ने छन्, आज खर्च सोचेभन्दा ज्यादा हुनेछ, मनमा तनाव, कुनै पनि काम छिटो–छिटो गर्छुभन्दा झन् ढिलो हुन जानेछ ।

साइतः आज चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार उत्तर दिशाको यात्रा नगर्नुहोला । आज पूर्व र उत्तर दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । 
साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः१२ बजेदेखि         ६ः४२ बजेसम्म        रोग बेला
बिहान ६ः४२ बजेदेखि         ८ः१२ बजेसम्म        उद्धेग बेला
बिहान ८ः१२ बजेदेखि         ९ः४२ बजेसम्म        चर बेला
बिहान ९ः४२ बजेदेखि        ११ः१२ बजेसम्म        लाभ बेला
बिहान ११ः१२ बजेदेखि        १२ः४२ बजेसम्म        अमृत बेला
मध्यान्ह १२ः४२ बजेदेखि      २ः१२ बजेसम्म        काल बेला
दिउँसो २ः१२ बजेदेखि        ३ः४२ बजेसम्म        शुभ बेला
दिउँसो ३ः४२ बजेदेखि        ५ः१२ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ३ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ