arrow

कोरोनालाई औलो विरुद्धको औषधि ? रोक्यो डब्ल्यूएचओले 

logo
प्रकाशित २०७७ जेठ १३ मंगलबार
corona-aaulo-medicine.jpg

काठमाडौं । कोरोना भाइरसको उपचारमा औलोविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सीक्लोरोक्वीनलाई प्रयोग गर्न सकिने दावी हुँदै आएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यही औषधि सेवन गरेको दावी गरेका छन् । यद्यपि ट्रम्प कोरोना बिरामी भने हैनन् । 

तर कोरोनाको सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई भने रोकिएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ।

सुरक्षाको त्रासका कारण परीक्षणको काम रोकिएको डब्ल्यूएचओले जनाएको छ। थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै अस्थायी रूपमा रोकिएको राष्ट्रसङ्घीय स्वास्थ्य निकायले जनाएको हो । 

हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड(१९ विरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएको पृष्ठभूमिमा डब्ल्यूएचओको त्यस्तो भनाइ आएको हो।

ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोना भाइरसका बिरामीलाई समेटेको थियो । जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो। कसैलाई उक्त औषधिसँगै एन्टीबायोटिक समेत दिएर परीक्षण गरिएको थियो।

त्यसरी परीक्षण गरिएका समूहमा मत्युदर हाइड्रोक्सीक्लोरोक्वीन प्रयोग गरिएकामा १८ प्रतिशत, क्लोरोक्वीनमा १६.४ प्रतिशत र नियन्त्रित समूहमा ९ प्रतिशत पाइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ